संखुवासभा, 6 सितम्बर 2021
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । संखुवासभाको मादी नगरपालिका वार्ड नम्बर १ खोला गाउँ उम्लिङका एकै परिवारका ६ जनाको हत्या भएको हो । गएराति, तेजबहादुर कार्कीको परिवारका सदस्यलाई, अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी, हत्या गरिएको जिल्ला प्रहरी कार्यालय संखुवा-सभाले जनाएको छ। सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । धारिलो हतियार प्रहारबाट ५८अठ्ठाउन वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की, मृत अवस्थामा भेटिएका थिए । उनीहरुको शव, खोल्सा बारीको कान्लामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवा-सभाले घटनाको थप अनुसन्धान जारी राखेको छ।









































