HomeFeatureपत्रकारहरुको शिक्षादिक्षा र प्रशिक्षणमा लगानी नगरिएका कारण पत्रकारिता गुणस्तरीय भएन: राजेन्द्र दाहाल

पत्रकारहरुको शिक्षादिक्षा र प्रशिक्षणमा लगानी नगरिएका कारण पत्रकारिता गुणस्तरीय भएन: राजेन्द्र दाहाल

काठमाडौं, 6 सितम्बर 2021

बरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष राजेन्द्र दाहालले पत्रकारहरुको शिक्षादिक्षा र प्रशिक्षणमा लगानी नगरिएका कारण पत्रकारिता गुणस्तरीय हुन नसकेको बताउनुभएको छ। सोमबार न्यूज एजेन्सी नेपालले पत्रकारिता क्षेत्रमा देखिएका समस्या, चुनौती र आगामी कार्यभारको सम्बन्धमा गरेको अन्र्तक्रियामा बोल्दै बरिष्ठ पत्रकार दाहालले पत्रकारहरुको शिक्षादिक्षा, प्रशिक्षण तथा अनुसन्धानमा लगानी गर्न नसकिएको कारण पत्रकारिता क्षेत्र गुणस्तरीय हुन नसकेको बताउनुभएको हो । पत्रकारको वृत्तिविकासमा राज्यले लगानी गर्न नसकेका कारण पत्रकारहरुले उत्कृष्ट विषयवस्तुहरु ल्याउन नसकेको उहाँको निष्कर्ष छ । केही विश्वविद्यालय र क्याम्पसहरुले पत्रकारिताका विद्यार्थी उत्पादन गरेकै आधारमा पत्रकारहरुको मागलाई धान्न नसकिने पनि उहाँले स्पष्ट पार्नु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पत्रकारिताको कन्टेन्टको क्वालिटी अथवा गुणस्तर अपेक्षा अनुरुप सुधार नहुनुमा सबभन्दा ठुलो दोष, कमजोरी श्रमजिवी पत्रकारको तलव होइन, मिडियामा लगानीको पारदर्शिता पनि होइन, सबभन्दा ठुलो समस्या पत्रकार उत्पादन गर्न कसले कति पैसा लगानी गर्यौँ हामिले ? हाम्रो राज्यले कति पैसा लगानी गरेको छ ? पत्रकारलाई राम्रो प्रशिक्षणशाला खोई ? पत्रकार प्रशिक्षण गर्नका लागि बजेट कति छुट्याउँछौँ हामीले ? क्लास कतिवटा चल्छ ? केही कलेजले उत्पादन गरेको जनशक्तिले पत्रकारिता क्षेत्रको जनशक्तिको जुन माग छ, त्यो कहिल्यै धान्न सक्दैन । त्यो एकेडेमिक कोर्सले अहिलेको यो निरन्तर परिवर्तनशील पेसा, व्यवसायका सबै आयामहरुलाई समेट्नै सक्दैन । प्रशिक्षणमा, पत्रकारको शिक्षामा, उनीहरुको अनुसन्धानमा कहीँ लगानी नै गरेको छैनौँ । त्यसकारणले क्वालिटी कम भएको हो । उच्चस्तरको, स्तरीय पत्रकारिताको महत्व नै एउटा लेक्चर नै सुन्न पाएका छैनन् स्तरीय केही उसलाई के थाहा र अनि उसले स्तरीय लेख्नु ?’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा हूबहु कपि गर्ने समस्या विकराल रुपमा रहेकोले त्यसलाई रोक्नका लागि प्रेस काउन्सिल नेपाल केन्द्रीत भएर लागेको बताउनुभयो । यसको सम्बन्धमा सम्बन्धित निकायलाई बोलाएर छलफल गर्नेदेखि सार्वजनिक विज्ञप्तीमार्फत् ध्यानाकर्षण गराइएको पनि उहाँले बताउनुभयो । त्यसैगरी चलिरहेको मिडियासँग मिल्दोजुल्दो नाम राख्ने कामलाई पनि निरुत्साहित पार्न लागिएको उहाँले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका उपप्राध्यापक तथा पत्रकार जगत नेपालले पत्रकारिता उद्योगको रुपमा विकास भएपनि जनशक्ति व्यवस्थापन भने गर्न नसकेको बताउनुभयो । समाचार कक्षहरु कमजोर देखिन थालेको उहाँले टिप्पणी गर्नुभयो । प्रविधिको विकास र परिवर्तनसँगै ठूला मिडियाहरु संकटमा परेका र जसले राम्रो विषयवस्तु दिन्छन् तिनै मिडिया प्रसिद्ध हुने अवस्था रहेको उहाँले बताउनुभयो । ठूला मिडियामा पनि गुणस्तरीय विषयवस्तु जान छोडेको उहाँको भनाई छ । अहिलेको परिस्थितिमा त्रिभुवन विश्वविद्यालयले उत्पादन गरेको जनशक्तिले नै पत्रकारिता क्षेत्रको जनशक्ति धानिरहेको उहाँले उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मिडिया क्षेत्रका लगानीको स्रोत राज्यले खोज्नुपर्ने बताउनुभयो । मिडिया हाउसले केही वर्षको खर्च, जनशक्तिको स्रोत राज्यले खोज्नुपर्ने र निश्चित समयसम्म पारिश्रमिक दिनसक्ने प्रत्याभूति हुनुपर्ने बताउनुभयो । महासचिव पुरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएका कुराहरु नियमन गर्ने नाममा नियन्त्रण गर्न खोजिए पत्रकार महासंघले विरोध जनाउने उल्लेख गर्नुभयो । यद्यपी राम्रो नियतले गरिएको नियमनको भने महासंघले विरोध नगर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...