हरियाणा, 8 सितम्बर 2021
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिले एमसीसी खारेजको माग गर्दै रोहतकमा बिरोध प्रदर्शन गरेको छ। क्षेत्रीय सदस्य मोहन सिंह वि.कले बिरोध कार्यक्रममा बोल्दै एमसिसि नेपाल र नेपाली जनताको चाहना र हितमा नभएको बताउनु भएको छ । वि.कले नेपालमा एमसिसि बिदेशी हस्तक्षेप भएकोले श्रमजीवीहरुको हितमा नरहेको भन्दै एमसिसि विरुद्धको कार्यक्रम प्रति एक्यबद्धता सभा आयोजना गरेको बताउनुभयो । मोहन सिंह वि.कले राष्ट्र र राष्ट्रियता रक्षाको निम्ती सम्पूर्ण देशभक्त जनतान्त्रि शक्तिहरु एमसिसि बिरुद्धको आन्दोनलमा अगाडि आउन समेत आव्हान गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता नगर समितिका कार्यवाहक अध्यक्ष सुभाष गौतम र सञ्चालन बल बहादुर वि.कले गर्नुभएको थियो । विरोध प्रदर्शनमा बिभिन्न क्षेत्रका कार्यकर्ता तथा नेताहरुको उपस्थिती रहेको थियो।









































