HomeFeatureविश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाइने

विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाइने

काठमाडौं, 10 सितम्बर 2021

यस वर्षको विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाउने भएको छ । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा फूड फस्र्ट इन्फरमेशन एण्ड एक्शन (एफआइएएन) की कार्यक्रममा कार्यक्रम संयोजक लइनी गुरुङले विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाउने जानकारी दिनुभएको हो । उहाँले खानाका लागि खेतीपातीका महत्वपूर्ण सवालहरुमा महिनाव्यपी संवाद तथा अन्तरक्रिया कार्यक्रम पनि राखिएको बताउनुभयो । कार्यक्रम संयोजक गुरुङले सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने प्रतिज्ञा बिर्सिएको र प्रदेश तथा पालिकाहरुले पनि यसमा उत्साह नदेखाएको बताउनुभयो ।

कार्यक्रम संयोजक गुरुङले भन्नुभयो, ‘हामीले चाहेमा घातक रसायनिक विषदीरहीत खेतीपातीबाट विषमुक्त र पोषणयुक्त खाना सबै र सधैँका लागि उपलब्ध गराउन सक्छौँ भन्ने कुरामा दृढ अठोट लिन र निरन्तर प्रयासरत रहन यो दिवसले हामी सबैमा उत्प्रेरणा जगाओस् भन्न चाहन्छौं, हाम्रा सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने वृहत र शाहसी राजनैतिक प्रतिज्ञा यसरी बिर्से कि त्यो भन्नका लागि मात्रै भनिएको जस्तो भान भएको छ, प्रदेश र पालिकाहरुले पनियस दिशामा धेरै उत्साह देखाएका छैनन् ।

संयोजक गुरुङले १४ औँ विश्व खाद्य दिवसको महिनाव्यापी कार्यक्रममा सबै नेपाली भोको रहनु नपर्ने र पर्याप्त खाना खान पाउनेलगायत आधारभूत खाद्य अधिकार, समाजका संरचनात्मक विभेदको अन्त्य गर्ने कुरामा केन्द्रित हुने बताउनुभयो । उहाँले कोरोना महामारीको जोखिमसँगै खाद्य तथा कृषि प्रणालीको सुधारका प्रयत्नहरु भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस पृष्ठभूमिमा यस वर्ष हाम्रो पहल सुरक्षित भविष्यका लागि उत्पादन, पोषणा र पर्यावरण भन्ने नारासहित मनाउन लागिएको १४ औँ विश्व खाद्य दिवस हाम्रा लागि सान्दर्भिक र महत्वपूर्ण छ, यस प्रशंगमा हामी नेपाली सबै भोको नरहने र पर्याप्त खान पाउने आधारभूत खाद्य अधिकार समाजका संरचनात्मक विभेद, भूराजनीति, उपनिवेश र परनिर्भरताको साङ्लामा जकडिएको र उकुच जस्तै बल्झिएको पक्ष त छँदैछ, त्यसमाथि थपिएका पर्यावरण, मानव स्वास्थ्य, खाद्य शंकट, आम्दानी र जीवनयापनका आधारभूत समस्याहरुसँग जुधिरहेका छौ, यसमाथि विगत दुई वर्षदेखि कोभिड १९ को महामारी र यसले निम्त्याएका विषम परिस्थितीको सामना गरिरहेका छौँ ।

नेपाली किसानलाई केन्द्रमा राखेर मात्र नेपालले दिगो खाद्य तथा कृषि प्रणालीको विकास गर्न सक्ने भन्दै संयोजक गुरुङले सबै तहका सरकार, नागरिक समाज, सञ्चार जगत र सम्पूर्ण किसान समुदायलाई खाद्यका लागि कृषि अभियानमा जुट्न आह्वान गर्नुभयो । यस वर्ष हाम्रो पहलः सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण भन्ने नारासहित ४१ औँ विश्व खाद्य दिवस मनाउन लागिएको छ । सन् १९७९ देखि शुरु भएको विश्व खाद्य दिवस नेपालले ४ दशक यता मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...