HomeFeatureवाईसियल नेपालद्धारा एमसीसीलाई स्विकार नगर्न सरकारलाई सचेत

वाईसियल नेपालद्धारा एमसीसीलाई स्विकार नगर्न सरकारलाई सचेत

काठमाडौं, 10 सितम्बर 2021

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)मा आवद्ध युवा संगठन वाईसियल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्विकार नगर्न सरकारलाई सचेत गराएको छ । सुमन देवकोटा नेतृत्वको वाईसियल नेपाल केन्द्रिय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बूँदाहरु नसच्चिएसम्म सो सम्झौंता पारित नगर्न सरकार र संघीय संसदलाई सचेत गराएको हो । वाईसियल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरु स्विकार गर्न नसकिने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘एमसीसीलगायतका कुनै पनि सहयोग, अनुदानहरु देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखि स्विकार गर्न सकिदैन । नेपालको संविधानसँग बाझिएका एमसीसीका बूँदाहरु नसच्याई पारित नगर्न यो राष्ट्रिय भेला सरकारलाई चुनौति दिन्छ।

गत भदौं १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयहरु सार्वजनिक गर्दै वाईयल नेपालले भारतसँग भएको सबै सीमा समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ । त्यसैगरी युवाहरुलाई रोजगारीको अवसर सृजना गर्न, उमेर पुगेका युवा तथा विद्यार्थीहरुका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले बताउनु भयो । वाईसियलले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरुको छानवीन गरी दोषीमाथि कारबाही गर्न ढिलाई नगर्न पनि सरकारलाई दवाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...