नेपालगन्ज, 13 सितम्बर 2021
बाँकेको राप्ती सोनारीमा बाघले मान्छे खाएको छ। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको हो। गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको छ। आइतबार बेलुकीदेखि हराएका, सोमबार बिहान खोजी गर्दा आधा शरीर खाएको अवस्था शव फेला परेको स्थानीयले जनाए। केही समयदेखि होटलमा मजदुरी गर्थे, तर मृतकको ठेगाना भने खुल्न सकेको छैन।
स्थानीय का अनुसार ‘होटलमा काम सकेपछि बेलुकीपख भैया सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्थ्ये, हावा खाएर फर्किन्थ्ये, त्यही बेलामा बाघले झम्टेर लगेछ,’ ।
मधेशी समुदायका ती ब्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गरेका थिए। पूर्वपश्चिम राजमार्गबाट मृतकको शव करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको स्थानीयले बताईन्। स्थानीयका अनुसार बाघले मृतकको आधा शरीर खाइसकेको छ। आइतबार दिनभर गाउँ नजिकै आएर बाघ कराएको र दुई दिनअघि मात्र गाउँमै पसेर बाघले दुई वटा बाख्रा र बाच्छो मारिदिएको स्थानीयले सुनाईन्।
‘पाटेबाघको दुई जोडी नै छ, गाउँ नजिक आएर अचेल कराउँछन्, दुई/तीन दिनदेखि प्रायः भेटिन्छन्, हामीले धेरै पटक बाघलाई देखिसकेका छौं, फुटबल खेल्ने केटाहरुले पनि देखेका रहेछ,’ उनका अनुसार, ‘बाघले हाम्रो गाउँमा आतंक मच्चाईरहेको छ, हामी धेरै नै त्रसित भएका छौं।’
अहिले जनप्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दा घटनास्थलमा भेला भएका छन्।









































