HomeFeatureफलाम व्यवसायी आन्दोलित

फलाम व्यवसायी आन्दोलित

काठमाडौं, 13 सितम्बर 2021

नेपाल सरकारले प्रतिस्थापन विधेयक मार्फत् ल्याएको संशोधन बजेटमा भएको एक व्यवस्थाले फलाम छड उत्पादक व्यवसायी आन्दोलित भएका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यवसायीहरुले एमएस विलेट बनाउन प्रयोग हुने कच्चा पदार्थ (स्पन्ज आइरन) को आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शुन्यमा राख्दा निश्चित व्यवसायिक घरानालाई पोस्ने र अन्य उद्योगलाई समस्या पर्ने बताएका हुन् । सरकारले भने आफ्नो रोलिङ प्लान्टबाट एमएस विलेट उत्पादन गरी फलामे छड बनाउने उद्योगलाई प्रोत्साहन मिल्ने नीतिगत व्यवस्था गर्दा व्यापार घाटा कम गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने बताएको छ । सरकारले सहुलियत दिएको स्पन्ज आइरनबाट छड निर्माण गर्दा गुणस्तर कम हुने र जोखिम बढाउने व्यवसायीहरुले बताएका छन् । पत्रु पगालेर बनाएको छडले नेपाल जस्तो भूकम्पीय जोखिम भएको देशमा दुर्घटना निम्तने भन्दै सबै सचेत हुन पनि व्यवसायीले आग्रह गरेका छन् । सरकारको यो निर्णयले ६ वटा उद्योगलाई मात्र फाइदा पुग्ने र बाँकी २४ उद्योगमा नकारात्मक असर पर्ने भएकोले सरकारले गरेको निर्णय फिर्ता गर्न व्यवसायीहरुले माग गरेका छन् । सरकारले निर्णय फिर्ता नलिउन्जेल कारोबार रोकिने व्यवसायीहरुले बताएका छन् । सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरी बारम्बार नीतिपरिवर्तन गर्दा लगानीमा अस्थिरता पैदा हुने र लगानीको वातावरण खलबलिने र औद्योगिकरणलाई प्रत्यक्ष असर पर्ने बताएका छन् । व्यवसायीहरुले फलाम छड उत्पादक व्यवसायीहरुले कच्चा पदार्थमा शुन्य प्रतिशत अन्तःशुल्क हुनु भनेको विश्व व्यापार संगठन (डब्ल्यूटिओ) को नीति बिपरित भएको बताएका छन् । पत्रु पगालेर डण्डी उत्पादन गर्दा पर्यावरणमा असर पर्ने भएकोले चीनमा यस्तो प्रविधिलाई बन्द गरिएको र भारतमा यस्ता उद्योगलाई कडा निगरानीमा राखिएको छ । सरकारले एमएस विलेटको आयातमा अन्तःशुल्क बढाएको छ । पहिला प्रतिमेट्रिक टन १६५० रुपैयाँ लाग्दै आएको अन्तःशुल्क बढाएर २५ सय रुपैयाँ बनाइएको छ । यस्तै, एमएस विलेटको आयातमा भन्सार महशुल ४.७५ प्रतिशत बनाइएको छ । यसले उपभोक्तालाई प्रतिकेजी ५ रुपैयाँ महँगो पर्ने व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...