HomeFeatureमाधव नेपालको पार्टीमा नगई एमालेमै फर्किन नेता कार्यकर्ताहरुलाई ओलीको आव्हान

माधव नेपालको पार्टीमा नगई एमालेमै फर्किन नेता कार्यकर्ताहरुलाई ओलीको आव्हान

काठमाडौं, 16 सितम्बर 2021

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीमा नगई एमालेमै फर्किन नेता कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको छ । बिहीवार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेता माधव नेपालको पछि नलागी नेकपा(एमाले)मै रहनका लागि आव्हान गर्नुभएको हो । नेपालले व्यक्तिगत स्वार्थ र अहंकारका कारण पार्टी फुटाएको भन्दै उहाँले कार्यकर्ताको भविष्य सँग खेलवाड गरेको पनि बताउनुभयो । आफ्नो व्यक्तिगत स्वार्थका कारण अरुको जिन्दगीसँग खेल्नु डरलाग्दो भएको उल्लेख गर्दै उहाँले नेपालले घरमा आगो लगाएर खरानी घसेर हिडेको टिप्पणी गर्नुभयो ।  नेता नेपालको भविष्य नभएको भन्दै उहाँले भविष्य भएका नेता कार्यकर्ता मुल पार्टीमै फर्किन उहाँले नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘म माधव नेपाललाई भन्दिनँ । माधव नेपाले अल्मल्याएका, भ्रममा पारेका, झुक्याएका मान्छेहरु फर्किनुस् पार्टीमा । कार्यकर्ता फर्किनुस् । झुक्किएका साथीहरु फर्किनुस् । माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तिर्थ यात्रामा हिडेका मान्छेलाई म केही भन्दिनँ । घरमा आगो लगाएर खरानी धसेर हिड्या मान्छे । तर माधव नेपालले उहाँको व्यक्तिगत महत्वकांक्षा, व्यक्तिगत स्वार्थ, व्यक्तिगत इगो, व्यक्तिगत अहंकार, ईष्र्या भाव, कुण्ठा त्यसबाट ग्रसित भएर अनेका जिन्दगीसँग माधव नेपालले जुन खेलवाड गर्नुभयो । बहुतै डरलाग्दो कुरा हो । आफ्नो स्वार्थका लागि दुनियाँका जिन्दगीसँग खेलवाड गर्ने ? दुनियाँको कार्यकर्ताको राजनीतिक भविष्य सँग खेलवाड गर्ने ? उहाँ त पार्टी प्रमुख भएर धेरै वर्ष चलाउनुभयो । प्रधानमन्त्री भइसक्नुभयो । अब त जाने ठाउँ के छ मास्तिर कता जाने ? उहाँलाई केही मतलव छैन । इगोकालागि उहाँले जे पनि गर्नुहुन्छ तर अरुको त भविष्य छ नि । अरुको भविष्यसँग खेलवाड गर्ने ? देशको भविष्यसँग खेलवाड गर्ने ? तर म कार्यकर्ता साथीहरुलाई आग्रह गर्न चाहान्छु, भ्रममा नपर्नुस् अहिलेपनि भ्रममा नपर्नुस् ।

केही नेताहरुले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गरेको प्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले माधव नेपालको एमालेमा आवश्यकता नभएको बताउनुभयो । उहाँले पार्टीमा भएका विगतमा नेपाल पक्षका नेताहरु तर्फ लक्षित गर्दै माधव नेपालको लोभ नगर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हुनत केही साथीहरु अहिलेपनि भन्नुहुन्छ, माधव कामरेड आउनुस् । तपाईको आवश्यकता छ भनेर । फुटाउनलाई आवश्यकता छ अब उहाँको यहाँ ? फेरी फुटाउने ? के गर्न आवश्यकता छ माधव कामरेडको त्यो म बुझ्दिन । के लाई आवश्यकता ? उहाँ छउन्जेल पार्टी गुटबन्दी बाहेक केही भएन, माधव नेपालले यो साढे तीन वर्षमा पार्टीको पक्षमा, सरकारको पक्षमा एक शब्द बोलेको कमरेडहरुले सुन्नुभयो कहिल्यै ? सरकारको आलोचना, सरकारको बिरोध, प्रतिक्रियावादी भन्दा चर्को, विपक्षीहरुले के भन्थे यतै सत्ता पक्षकै नेताहरुले यति बोलीसकेपछि हामीले केही बोल्नु परेन । हाम्रो कुरा उहाँले भन्दिसक्नुभयो । लामो समय सँगै काम गरेपछि अलिक माया, ममता हुन्छ क्या । त्यसकारण अलिअलि लोभ लाग्छ साथीभाईको । त्यो लोभ छोड्दिनुपर्छ अब । काम छैन त्यसको लोभको ।

अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तैगरी बिलाएर जाने टिप्पणी गर्नुभयो । उहाँले माओवादी केन्द्र र एमाले एकिकरण पछिको मुल पार्टी आफुहरुकै भएको भन्दै प्रचण्डले आफ्नो गुट मात्र लगेको बताउनुभयो । विगतमा नेकपामा रहेका नेता कार्यकर्तालाई एमालेमै फर्किन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘तपाई त्रिभुवन इन्टरनेशनल एयरपोर्टबाट उडेको प्लेन देख्नुहुन्छ नि । उडिराखेको ठाउँबाट पहिले हेर्नुस् विशाल प्लेन हुन्छ कतिधेरै मान्छे बोकेको हुन्छ । उड्दै गयो खिइदै जान्छ । उड्दै जाँदा सानो हुँदै एकछिन पछि देखिन छोड्छ । अब प्रचण्डपथ त्यही हो । कता गए प्रचण्ड, कता गए प्रचण्डपथ । यात्रा त्यही हो अब । उडेको जहाज बिलाउँदै दृश्यबाट हटेजस्तो सानो हुँदै गएजस्तै । त्यसकारण म आग्रह गर्न चाहान्छु हिजो हामी नेकपा भएर एकठाउँमा एकिकृत पार्टीमा बसेर काम गरिसक्यौँ । एकीकृत पार्टी भइसक्यौँ फेरी कहाँ प्रचण्डलाई लहड लाग्यो भन्दैमा फेरी अलग भएर जाने ? तपाईहरु पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो ? म साथीहरुलाई प्रचण्डको घरेलु कार्यकर्ता नहुन, पार्टीका कार्यकर्ता हुन, पार्टीमा फर्किएर एकीकृत पार्टीमा फर्किएर आउन, महान उद्देश्यका लागि काम गर्न आग्रह गर्छु ।

अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतन्त्रका सामान्य मूल्य मान्यताको पनि पालना नगरेको बताउनुभयो । वर्तमान सरकारले बजेट ल्याउन नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । आफुहरुले बजेट ल्याउन नरोकेको भन्दै उहाँले संसदमा कुदेर अर्थोक गर्न मिल्ने तर बजेट ल्याउन किन नमिल्ने भन्ने प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो सरकार त सामान्य लोकतन्त्रका मूल्य मान्यता अहिले सम्मका विश्वका मूल्य मान्यता हेर्नुस् त अब बजेट बिहिन अवस्थामा देश छ । एउटा सञ्चार माध्यममा मैले सुनेको थिएँ, आज बिहानै सुनेको थिए । नेकपा(एमाले)को अवरोधका कारणले गर्दा बजेट पास हुन सकेन । हामी नारा लगाइराखेको ठाउँमा मन्त्री कुदेर रोष्टममा गएको देख्या छैन ? कुदेर मन्त्री गएको देखेको छैन रिले रेशमा जस्तो । अनि कहाँ रोकिएको छ ? चाहिएको कुरा रोकिया त रैनछ त मन्त्री त कुदेर गएर रोष्टममा सभामुखले यो राख भन्ने उनले राखे भन्ने । अर्को यो राख भन्ने त्यो राखे भन्ने । त्यो तमासा देखिया हैन ?अनि बजेट चाहिँ किन नगर्या त ? अर्थोक गर्न मिल्ने बजेट किन नमिल्ने ?’

उहाँले एमालेले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरिरहेको भन्दै शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न चेतावनी समेत दिनुभयो । आगामी दिनमा एमाले बाजागाजा सहित सिंहदरबारको मुल ढोकाबाट सरकारको नेतृत्व गर्न पुग्ने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...