HomeFeatureनेपाललाई एमालेमै फर्किन अष्टलक्ष्मीको आग्रह, दक्षिणपन्थी र बिर्सजनवादीहरु अलग भएको बादलको टिप्पणी

नेपाललाई एमालेमै फर्किन अष्टलक्ष्मीको आग्रह, दक्षिणपन्थी र बिर्सजनवादीहरु अलग भएको बादलको टिप्पणी

काठमाण्डौ, 16 सितम्बर 2021

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले पार्टीको अन्र्तसंघर्षबाट पार्टी भित्रको दक्षिणपन्थी र बिर्सजनवादीहरु अलग भएको टिप्पणी गर्नुभएको छ । बिहीवार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य थापाले पार्टीको अन्र्तसंघर्षका क्रममा पुजिँवादी धारा हाबी भएको उल्लेख गर्दै पुजिवादी र दक्षिणपन्थीहरुको सहकार्यले पार्टीको तथा सरकारको नेतृत्वलाई अपदस्त गर्न सफल भएको बताउनुभयो । उहाँले सो धारा पार्टीबाट अलग भएको पनि बताउनुभयो । उहाँले षड्यन्त्रपूर्वक कम्युनिष्ट पार्टीको नेतृत्वलाई विस्थापित गरिएको भन्दै आगामी दिनमा एमालेले राजकिय सत्तामा आफुलाई पुर्नस्थापित गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले यहाँसम्म आइपुग्दा पार्टीभित्रको अन्र्तसंघर्षमा पार्टीभित्रको दक्षिणपन्थी र बिर्सजनवादी धारा पार्टीबाट अलग भएको छ । र समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय प्राप्त गर्न सफल भएको छ । राजनीतिक सत्तामा षड्यन्त्रपूर्वक ढंगले अहिले कम्युनिष्ट पार्टीको नेतृत्वलाई विस्थापित गरिएको छ । तर हामीलाई विश्वास छ, यो एउटा षड्यन्त्र हो । एउटा यो राजनीतिक प्रतिगमन हो । यो एउटा प्रतिक्रान्ति हो । हामी यो प्रतिक्रान्तिलाई, यो पश्चगमनलाई परास्त गर्नेर्छौ । नेकपा(एमाले)को नेतृत्वमा आगामी दिनमा वर्गसंघर्ष राजकिय सत्तामा, कम्युनिष्ट पार्टीको नेतृत्वलाई पुनस्थापित गर्ने दिशामा हामी अगाडी बढ्ने छौँ ।’

उहाँले नेकपा(एमाले) कम्युनिष्ट पार्टीको मात्र नभई लोकतान्त्रिक र समाजवादी आन्दोलनको मुल प्रवाह भएको पनि बताउनुभयो । कार्यक्रममा बोल्दै नेकपा(एमाले) स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सुदृढ एमाले बनाउनको लागि जालझेल र षड्यन्त्र नगरीकन पार्टीको आन्तरिक निर्देशनको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले ०७५ जेठ २ गते जसको जे जिम्मेवारी थियो सो जिम्मेवारी दिनुपर्नेमा शिर्ष नेतालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेतृत्व तहको कमरेडलाई मेरो अनुरोध छ, अपिल छ । जारी भएको अन्र्तपार्टी निर्देशनको अक्षरश पालना गरौँ । अक्षरश पालना गरौँ । त्यसमा कुनै जालझेल र षड्यन्त्र आवश्यक छैन । ०७५ जेठ २ मा जे भनेको छ, जो आउँछ उसैलाई नेतृत्व मानेर अगाडी बढौँ । के फाइदा छ हामीलाई ? विभाजन गरेर फाइदा भयो र ? हामी अलग अलग भएर फाइदा भयो र ? कमजोर बनाउने शक्तिहरुले त हामीलाई कमजोर बनाइसक्यो । अब हामिले अन्र्तपार्टी निर्देशनलाई अक्षरश पालना गरेर देशव्यापी रुपमा स्थापित गर्नुपर्छ अगाडी बढाउनुपर्छ । कुनै पूर्वाग्रह बिना, कुनै मनमुटाव बिना, हिजोको कुरा बिर्सेर सुदृढ एमाले बनाउनका लागि मन फराकिलो बनाउनै पर्छ ।’

मुख्यमन्त्री शाक्यले माधवकुमार नेपाललाई एमालेमै फर्किन आग्रह समेत गर्नुभयो । उहाँले आफुले बनाएको पार्टी त्यागेर फेरी नयाँ पार्टी गठन गरी जनमत र आन्दोलनको सिर्जना गर्छु भन्नु गलत भएको भन्दै एमालेमा फर्किन आग्रह गर्नुभएको हो । सुदृढ एमाले बनाउन नेता नेपालको आवश्यकता रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...