HomeFeatureराष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउबाद्वारा इन्द्रजात्राको अवलोकन

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउबाद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं, 19 सितम्बर 2021

काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आईतबार धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना गरेर मनाइएको हो । इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जामन्त्री पम्फा भुसाल, प्रधानन्याधीश, चोलेन्द्र समशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित अन्य सांसदहरुको उपस्थिती रहेको थियो । जात्रामा लाखेनाच, दशअवतार नाच, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाच लगायतका सांस्कृतिक झाँकी नाचहरुको प्रदर्शन गरिएको थियो ।  जात्राका अवसरमा राष्ट्रपति भण्डारीले गणेश, भैरव र देवताका सेनापति (कार्तिकेय) कुमारको रथमा दक्षिणा चढाइ यात्रा गराउने अनुमति दिनुभएपछि मात्रै रथयात्राको शुभारम्भ गरिएको थियो । आजको दिन विशेष देवताका राजा इन्द्रको पूजा गर्ने प्रचलन रहेको छ । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा राजा प्रताप मल्लको पालामा शुरु गरेको बताइन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले शुरु गरेका थिए । असोज ८ गते राती १०:३६ बजे इन्द्रध्वज पतन गरेपछि इन्द्रजात्रा समाप्त हुन्छ । यो काठमाडौं उपत्यकामा मनाइनेमध्येको लामो जात्रा हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...