काठमाडौं, 20 सितम्बर 2021
संखुवासभा सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको छ उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाए । हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित प्रहरीले अन्य तीन जनालाई पनि पक्राउ गरेको हो । उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । संघीय प्रहरी कार्यालयएसपीले, ‘केहीको संलग्नता र केही मतियारको रुपमा देखिएपछि नियन्त्रणमा लिएका छौं । आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं ’जनाएका छन। २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो । ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । लोकबहादुरका भाइ नरेशका साथबाट मृतक रञ्जना कार्कीको मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान लम्बिएको हो। लोकबहादुर र नरेशसँगको बयानका आधारमा प्रहरीले थप पाँच जनालाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ।









































