HomeFeatureप्रतिनिधि सभा बैठकपछि नेताहरुको प्रतिक्रिया

प्रतिनिधि सभा बैठकपछि नेताहरुको प्रतिक्रिया

काठमाडौं, 20 सितम्बर 2021

अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवादगरी राष्ट्रिय एकता  कायम गर्ने सरकारको नीति रहेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अर्थमन्त्री शर्माले प्रतिनिधि सभा बैठकमा निरन्तर विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)सँग वार्ता र संवाद गरिरहेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षीलाई पनि वार्ता र संवादमार्फत् मिलाएर राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति रहेको उल्लेख गर्नुभयो । यसको निम्ति सभामुख र प्रधानमन्त्रीले पहल गरिरहनुभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रतिपक्षसँग पुरै सौहार्दपूर्ण वातावरण बनाउने हो । निरन्तर वार्ता गर्ने हो । सर्वदलीय बैठक भएको यहाँहरुलाई थाहा छ । कानून मन्त्रीले निरन्तर वार्ता गरेको पनि यहाँहरुलाई थाहा छ । हामी वार्ता, संवादलाई निरन्तरता पनि दिइरहेका छौँ । बजेट लामो समयसम्म रोकिराख्यो भने सबै कुरा ठप्प हुने भएको हुनाले यसलाई सँगसँगै लैजानुपर्ने पनि हाम्रो बाध्यता छ । प्रतिपक्षलाई हामी मिलाएर वार्ता, संवादबाट राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति छ । वार्ता गर्ने हो, संवाद गर्ने हो, सर्वदलीय बैठक राख्ने हो, सभामुखले पहल गर्नुभाको छ । नेताहरुले पहल गर्नुभाको छ । प्रधानमन्त्रीले पहल गर्नुभाको छ । कुनैपनि योजना काटेको पनि छैन । रोकेको पनि छैन । पूर्वाग्रही हामी छैनौँ । पूर्वाग्रही छन् कि भनेर उहाँहरुलाई शंका लागेको होला उहाँहरुले सबै योजना देखेपछि होइन रछ भन्नुहुन्छ होला ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदमा भएको अवरोधलाई सुचारु गर्नका लागि आफुले प्रमुख प्रतिपक्षी दलका नेतासँग सम्वाद गरिरहेको बताउनुभएको छ । सरकारलाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार र प्रतिपक्षी दुवैको भएको भन्दै उहाँले एमालेबाट संसद खुलाउने भुमिकाको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘संसदलाई सुचारु गर्नका निम्ति मैले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिराखेको छु । आज संसद सुचारु रुपले चल्ला भन्ने आशा लिएको थिएँ र म अहिलेपनि आशावादी छु । संसद सुचारु रुपले चल्नुपर्दछ । संसदलाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार पक्ष र विपक्ष दुइटैको कर्तव्य हुनाले त्यो कर्तव्य सरकारको तर्फबाट जिम्मेवारीताका साथ बहन गर्दछ । एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट पनि हामी त्यसै किसिमको भुमिकाको अपेक्षा गरेका छौँ । विगतकै सरकारले ल्याएका धेरै महत्वपूर्ण विधेयक छन् ति विधेयकहरुलाई रोक्ने काम जसरी भइरहेको छ । यो आफैमा अनौठो छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताउनुभयो । सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने उहाँले बताउनुभयो । संसदमा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उहाँको भनाई छ । बजेट बारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जर्बजस्ती रुपमा ल्याइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘संसदमा प्रस्तुत भएका बिजनेश वा एजेण्डाहरु प्रति भन्दापनि हाम्रो सभामुखको कार्यशैली र सभामुखले नेकपा(एमाले)प्रति गरेको विभेदको कारणले गर्दा हामी अहिले संसदमा आन्दोलनमा छौँ । उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म, त्यो घटनामा नेकपा(एमाले)लाई गरेको अन्यायमा उहाँले जबसम्म न्याय गर्नुहुन्न तबसम्म हाम्रो यो आन्दोलन जारी नै रहन्छ । हामीले सांकेतिक रुपमा नेकपा(एमाले)ले आफुमाथि भएको विभेद र सभामुख जस्तो जिम्मेवार व्यक्तिले गरेको गैरजिम्मेवार व्यवहारका विरुद्ध हामीले जे सांकेतिक रुपमा विरोध गरेका छौँ । त्यो अनवरत रुपमा जारी रहन्छ र उहाँले त्यो सच्याउनुपर्छ भन्ने हो । गरिमामय आशनमा बसेको व्यक्तिले लाक्षणिक विरोध र सांकेतिक विरोधको पनि अर्थ बुझ्नुपर्छ । यसको निकास सभामुखज्यूले नै दिनुपर्छ । सत्तापक्षले दिनुपर्छ । सभामुखले दिनुपर्छ । उहाँहरुसँग हामी जोडदार माग गर्न चाहान्छौँ । कसरी निकाश दिनुपर्छ भन्ने उहाँहरुले जान्ने कुरा हो । सभामुखले सूचना टाँस्नैपर्छ अन्यथा मार्ग प्रशस्त गर्नैपर्छ । बजेट बारे प्रमुख प्रतिपक्षीसँ सामान्य संवाद पनि नगरी जर्बजस्ती ल्याइएको छ ।

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को बिस्तार हुने बताउनुभएको छ । दल विभाजन सम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने बताउनुभएको हो । हालसम्म मन्त्रालयको बाँडफाँड पनि नभएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘पहिलो, कुरा सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँड हुनुपर्छ । त्यो भइसक्या छैन । दोस्रो, यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ । र त्यो खारेज हुन बित्तिकै मन्त्रीपरिषद्को बिस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ । र अब हामी यसलाई चाडै गछौँ । यो गलत छ । दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने, विकृति फैलाउने दलहरु भित्र र त्यसले अन्तत्वगत्वा लोकतन्त्रलाई अस्थिर बनाउने खालको अध्यादेश भएको हुनाले त्यसलाई खारेज गर्ने र मन्त्रिपरिषद् बिस्तार गर्ने ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ४४ लाख कोरोना विरुद्धको खोप आइसकेको भन्दै अब १० दिन खोप वितरण गर्ने सरकारको योजना रहेको बताउनुभयो । उहाँले खोप लगाउन छुटेका विभिन्न क्षेत्रका १८ वर्ष माथिका उमेरसमुहलाई खोप व्यवस्था गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘४४ लाख खोप आइसकेको छ । जम्मा अहिलेसम्म १ करोड ७७ लाख खोप आएको छ । अहिले १० दिन खोप वितरण गर्ने योजना छ । जसमध्ये यो १८ वर्ष माथिका छुटेका विभिन्न सेक्टरमा लागेका सबैलाई खोप दिने व्यवस्था गर्न लागेका छौँ ।

राज्यमन्त्री श्रेष्ठले उत्तरी भेगका १३ वटा जिल्लामा पूर्ण रुपमा खोप लगाउने व्यवस्था गर्न लागेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...