HomeFeatureएकीकृत समाजवादी पार्टीमा सात उपाध्यक्षसहितको पदाधिकारीको चयन

एकीकृत समाजवादी पार्टीमा सात उपाध्यक्षसहितको पदाधिकारीको चयन

काठमाडौं, 23 सितम्बर 2021

नेकपा एकीकृत समाजवादीले सात उपाध्यक्षसहितको पदाधिकारी चयन गरेको छ । बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव चयन गरेको समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । त्यस्तै पार्टीको महासचिवमा डा. बेदुराम भुसाललाई चयन गरिएको छ भने सचिवमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्रीलाई चयन गरिएको छ । त्यस्तै बरिष्ठ नेतामा झलनाथ खनाल र नेतामा मुकुन्द न्यौपानेलाई राखिएको छ । बैठकले ३५ सदस्यीय स्थायी कमिटी गठन गरिएको र  ७१ सदस्यीय पोलिट्व्युरो गठन गरिएको तथा केन्द्रीय कमिटी सदस्य (पूर्ण र वैकल्पिक गरी) जम्मा ३०१ सदस्यीय गठन गरिएको खतिवडाले बताउनुभयो । त्यस्तै केन्द्रीय सदस्यहरुलाई सम्पूर्ण प्रदेश तथा जिल्लामा इञ्चार्जहरुको जिम्मेवारी प्रदान गरिएको उहाले बताउनुभयो । बैठकबाट ‘तात्कालिक कार्ययोजना– २०७८’ पारित गरिएको खतिवडाले जानकारी दिनुभयो । बैठकले समसामयिक प्रस्तावहरु पारित गरेको छ । जसमा कोरोना नियन्त्रण र खोपका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने, चाडवाडका वेला हुनसक्ने कालाबजारीलाई रोक्नुपर्ने लगाएतका छन् । त्यस्तै एमसीसीको अहिलेको अवस्था मुलुकको हित बिपरित रहेको भन्दै यसलाई यथास्थीतिमा अघि बढाउन नहुने निष्कर्ष बैठकको रहेको खतिवडाले जानकारी दिनुभयो । त्यसअघि बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद(जबज)लाई आत्मसात् गर्न चाहेको धारणा राख्नुभयो । उहाले एमाले कब्जा गरेर बसेका व्यक्तिहरुले भ्रम र बदनाम गर्ने प्रयास गरिरहेको भन्दै आफुहरु बिचलिन नहुने बताउनुभयो । उहाले जनताको विश्वासलाई घात नगर्ने स्पष्ट पार्नुभयो । नेपालले मन्त्रिमण्डललाई पूर्णता दिन ढिलाई भएको र छिटै यसले पूर्णता पाउने बताउनुभयो । नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ, जसमा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना, केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुने गरी जम्मा ७०१ सदस्यीय हुने बताइएको छ । पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने र ती आयोगहरु बढीमा ३५ सदस्यीय गठन गरिने समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...