HomeFeatureशाहिद अफ्रिदी क्रिकेट प्रतियोगिता खेल्न नेपाल आईपुगे

शाहिद अफ्रिदी क्रिकेट प्रतियोगिता खेल्न नेपाल आईपुगे

काठमाडौं, 23 सितम्बर 2021

पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी  चौथौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौं आईपुगेका छन् । शनिबारबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजन हुने ईपिएल खेल्न पाकिस्तानका अलराउन्डर आज नेपाल आईपुगेका हुन् । आज दिउसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपिएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । साथै उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तान जस्तै घर लागेको प्रतिक्रिया दिए । नेपाल राम्रो देश भएको भन्दै अफ्रिदिले नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताए । साथै उनले आफ्नो लक्ष्य नेपाली जनता र क्रिकेटलाई साथ र सहयोग गर्न नेपाल आएको विमानस्थलमा ओर्लिएपछि प्रतिक्रिया दिए। अफ्रिदी चौथौ संस्करणमा इपिएल खेल्ने उच्च प्रोफाइलका खेलाडी हुन ।

 

अफ्रिदीले नेपाल बसाईको क्रममा काठमाडौं किंग्स इलाभेनबाट ललितपुर प्याट्रियट्र्सविरुद्ध र विराटनगर वारियर्सविरुद्ध खेल खेल्ने छन ।  विश्वमा चर्चा कमाई सकेका अफ्रिदिले विश्वका प्रायजसो फ्रेन्चाई प्रतियोगिता खेलिसकेका छन् । ४१ वर्षिय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एक दिवसीय, ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र १० ओटा इन्डिय प्रिमियर लिग (आईपिएल) र ३ सय ३२ ट्वान्टी–२० खेल खेलेका छन् ।  चौथौ संस्करणको इपिएल शनिबारबाट २३ गते सम्म आयोजना हुँदै छ । ६ टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...