काठमाडौं, 23 सितम्बर 2021
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा रविना थापाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थापाले प्यानलसहित संघको आगामी कार्यकाल २०२१–०२३ को लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उम्मेद्वारी घोषणा गर्दै थापाले आफुले सवैलाई समेटेर अघि बढ्ने भन्दै सहयोग गर्न आग्रह गर्नुभयो । बैदेशिक रोजगारमा गएका नेपालीको अवस्था सुधार गर्नेदेखि एनआरएनएमा सहभागी जनाउनेसम्मको कार्ययोजना पनि थापाले सार्वजनिक गर्नुभयो । उहाले एकपटक सदस्य भएपछि केन्द्रमा भोट गर्ने अधिकार सवैलाई हुनुपर्ने धारणा राख्नुभयो । थापा अमेरिका निवासी हुनुहन्छ। उहाले एनसीसी अमेरिकाको उपाध्यक्ष भएर समेत काम गरिसक्नुभएको छ । संघको दशौं सम्मेलन तथा नयाँ नेतृत्वका लागि निर्वाचन आगामी अक्टोबरमा हुँदैछ ।









































