HomeFeatureएमाले बैठकमा विधान महाधिवेशनमा पेस गर्ने बिभिन्न तीन प्रतिवेदन पेश

एमाले बैठकमा विधान महाधिवेशनमा पेस गर्ने बिभिन्न तीन प्रतिवेदन पेश

ललितपुर, 24 सितम्बर 2021

नेकपा (एमाले) को केन्द्रीय समिति बैठकमा विधान महाधिवेशनमा पेस गर्ने बिभिन्न तीन प्रतिवेदन पेश भएको छ । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रतिवेदन पेश भएको हो । यसअघि तीनवटै प्रतिवेदन सुझाव समिति स्थायी कमिटी बैठकबाट पारित भएको थियो । प्रतिवेदनमाथि छलफल गर्न १० वटा टोली बनाइएको छ जसमा सातवटा भौगोलिक समूह, जनसंगठनलाई हेर्ने प्रदेश, बिभागीय प्रदेश र बिशेष प्रदेश समूह रहेका छन् । शनिबार बस्ने एमाले केन्द्रीय समिति बैठकमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने र पारित गर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उहाले पार्टीमा लामो समयदेखि उत्पन्न जटिलता हल हुन केहि समय लाग्ने र १० बुदे समझादारीलाई पूर्णरुपमा कार्यान्वयनको बाटोमा पार्टी उन्मुख रहेको बताउनुभयो । त्यसअघि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । ओलीले बिभिन्न प्रतिवेदनमाथि गहिरोमा पुगेर छलफल गरेर उपयुक्त निष्कर्ष निकाल्नुपर्ने धारणा राख्नुभयो । उहाले आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक रहेको बताउनुभयो । एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ । त्यसको तयारी स्वरुप एमालेले बिभिन्न प्रतिवेदनमाथिको छलफललाई तीव्रता दिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...