HomeFeatureशिक्षा समितिद्धारा चिकित्सा शिक्षासंग स्थानीयबासीले पाउने आरक्षणका सम्बन्धमा स्पष्ट व्यवस्था गर्न सरकारलाई...

शिक्षा समितिद्धारा चिकित्सा शिक्षासंग स्थानीयबासीले पाउने आरक्षणका सम्बन्धमा स्पष्ट व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाडौं, 28 सितम्बर 2021

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासंग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयबासीले पाउने आरक्षणका सम्बन्धमा स्पष्ट व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनका आधारमा चिकित्सा शिक्षासंग सम्बन्धित कर्मचारीका छोराछोरीको आरक्षणका सम्बन्धमा आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तिले ऐनमा टेकेर सम्भव भएसम्म यस क्षेत्रसंग सम्बन्धीत कर्मचारीका छोराछोरीलाई आरक्षणको व्यवस्था गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । आगामी दिनमा हुने परिक्षामा आवश्यक परे ऐनमा टेकेर नियमावली परिमार्जन गर्न पनि सुझाव दिइएको उहाले बताउनुभयो । त्यस्तै मृगौला बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै डायलासिल वा प्रत्यारोपण कुन उपयुक्त हुन्छ भन्नेमा बिज्ञहरुसंग समितिले छलफल गर्ने सभापति घर्तिले जानकारी दिनुभयो । बैठकमा सांसद खगराज अधिकारीले नेपालमा एमविविएस गरेका बिद्यार्थीहरुको योग्यताका बारेमा अन्य देशमा प्रश्न नउठ्ने गरि कुटनीतिक तहमा स्पष्ट कुरा राख्नुपर्ने बताउनुभयो । उहाले चिकित्सा शिक्षासंग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयबासीले आरक्षण नपाएको भन्दै यसलाई गम्भीर रुपमा छलफल गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै सांसद गिरिराजमणी पोखरेलले आरक्षणलाई प्रभावकारी कार्यान्वयन गर्दै यहि बर्षदेखि नै लागू गर्न सुझाव दिनुभयो । त्यस्तै सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा क्षेत्रमा रहेको आरक्षणका बारेमा बिचार गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...