काठमाडौं, 29 सितम्बर 2021
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कांग्रेस बिपद् व्यवस्थापन समितिका संयोजकमोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक मेलम्चीको १४० घर परिवारलाई राहत वितरण गर्नुभएको छ । मंगलबार बस्नेतले मेलम्ची पुगेर बाढि पिडित मेलम्ची बासिहरुलाई दसैंको लागि मासु, तेल दाल,मसला,लगायतका अति आवश्यक सामग्रीहरु वितरण गर्नुभएको हो । गत असारमा गएको बाढिले मेलम्चीमा ठूलो धनजनको क्षति भएको थियो । कार्यक्रममा नेता बस्नेतले बिपदमा परेका स्थानीयलाई राहतका साथै बाढीले क्षतिभएका पूर्वाधार निर्माणका लागि पनि पहल भइरहेको बताउनुभयो । उहाले कांग्रेस र कांग्रेस नेतृत्वको सरकारले जनताका लागि काम गर्ने भन्दै कम्युनिष्टहरुले केहि गर्न नसकेको आरोप लगाउनुभयो । उहाले १ करोड २० लाखको लागतमा हेलम्बुको पाल्चोकमा ३० घर बनाउने घोषणा गर्नुभयो । कार्यक्रममा पूर्वराज्यमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बिष्णु बिक्रम थापा, प्राध्यापक प्रेमध्वज लामा, मेलम्ची प्रदेश ख का सभापति रामबाबु लुइटेल, मेलम्ची ३ का वडाध्यक्ष बसन्त गुरुङ लगाएतले समस्यामा परेका स्थानीयको साथमा रहेको र सदैव समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका थिए ।









































