काठमाडौं, 30 सितम्बर 2021
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले राजीनामा दिनु भएको छ । लेखीले नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिनु भएको हो। नयाँ दल खोल्ने आफ्नो योजना नरहेको प्रस्ट पार्नु भयो। अहिले क्रियाशील रहेकै दलमध्ये कुनै दलमा आफू आवद्ध हुने र आजैबाट यसबारे छलफल थाल्ने लेखीले बताउनु भयो ।









































