HomeFeatureसंसद सुचारु गर्ने विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन एमालेलाई आग्रह

संसद सुचारु गर्ने विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन एमालेलाई आग्रह

काठमाडौं, 30 सितम्बर 2021

प्रधानमन्त्री शेर बहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद सुचारु गर्ने विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन एमालेलाई आग्रह गरेको छ । बालुवाटारमा बिहीबार बसेको बैठकले संघीय संसद् सञ्चालनमा जिम्मेवार बन्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकमा सवै दललाई आमन्त्रण गरिएपनि नेकपा एमाले सहभागी नभएको उहाले बताउनुभयो । उहाले एमाले संवाद र वार्ताबाट भाग्न खोजेको र जुन कुरा मुलुकको आवश्यकताभन्दा भिन्न रहेको उल्लेख गर्नुभयो । बैठकमा प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि बैठक राखेर एमालेलाई आमन्त्रण गर्ने र छलफलमा एमाले सहभागी हुने अपेक्षा गर्नुभएको कार्कीले बताउनुभयो । संसदमा ३३ वटा बिधेयक रहेकाले अहिले संसद आवश्यक रहेको उहाको भनाई छ । १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्का बैठकहरुमा निरन्तर अवरोध पुर्याउँदै आएको छ । यसअघि बसेको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गतिरोध अन्त्यका लागि सर्वदलिय बैठकमार्फत निकास खोज्न रुलिङ गरेपछि बैठक बोलाएको प्रवक्ता कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...