HomeFeatureबिभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला: ट्राफिक प्रहरी

बिभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला: ट्राफिक प्रहरी

काठमाडौं, 5 अक्तूबर 2021

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका मध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।  हस्तान्तरण गरिएका २४ मध्ये १० वटा मोटरसाईकल र ११ वटा स्कुटर रहेका छन । ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु मंगलबार महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको जानकारी दिनुभयो । उहाँले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको र हराउनै नदिनको लागी धनी समेत बिशेष चनाखो र सजक हुनुपर्ने दिन आएको बताउनुभयो । पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्य डियो स्कुटर र पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ । यस आर्थिक वर्षमा हराएका ३२६ मोटरसाईकल मध्ये १४६ मोटरसाईकल नियन्त्रणमा लिएको छ । १४६ मध्ये १२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको र अन्य २४ वटाको धनी पत्ता लगाउने कार्य भैरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...