HomeFeatureघर जान बोर्डर पुगेका नेपालीहरु अलपत्र

घर जान बोर्डर पुगेका नेपालीहरु अलपत्र

5 अक्तूबर 2021

पश्चिमी सीमा नाका त्रिनगर–गौरीफन्टामा पुगेका यात्रु अलपत्र परेका छन्। भारतका विभिन्न सहरबाट नाकामा पुगेका सुदूरपश्चिमेली सहितका नेपाली अलपत्र परेका हुन्। गन्तव्य-सम्म पुगाउने भन्दै भाडा लिएका ट्राभल्स एजेन्सीले गौरीफन्टासम्म मात्रै पुगाएपछि नेपाली अलपत्र परेका हुन्। दीपायल-सम्म पुगाउने भन्दै दुई हजार 5 सय भारतीय रुपैयाँ भाडा लिएको ट्राभल्स एजेन्सीले नाकामै छोडेको प्रत्यक्ष दर्शीले बताए। उनीसँग मात्रै 80 जना भन्दा बढी यात्रु नेपाल आउन लागेका थिए। उनीहरु सबै नाकामा अलपत्र छन्। अन्य गाडीमा आएकाहरु पनि समस्यामा परेका छन्। यता ट्राभल्स एजेन्सीले बाटोमा भएको बढी खर्चका कारण यात्रुलाई गन्तव्य-सम्म पुगाउन नसकेको दाबी गरेको छ। ट्राभल्स एजेन्सीका प्रतिनिधि शेरबहादुर महराले बाटोमा बढी खर्च भएका कारण नाकामा मात्रै पुगाएको बताए। ‘भारतीय प्रहरी लगायतकालाई पैँसा दिँदा खर्च बढी भयो,’ उनले भने, ‘म एक लाख घाटामा छु।’  सोही कारण नाकामा मंगलबार विहान केहीबेर तनावसमेत सिर्जना भएको थियो। ट्राभल्स एजेन्सी र अटोरिक्सा चालकबीच विवाद भएपछि नाकामा तनाव सिर्जना भएको हो। बढी भाडा लिएको विषयमा एकअर्काबीच आरोप–प्रत्यारोप लगाउन थालेपछि विवाद भएको हो। यद्यपी अहिले भने नाकाको अवस्था समान्य हुँदै गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...