HomeFeatureसमाजवादी पार्टीद्धारा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने जिम्मा पार्टी...

समाजवादी पार्टीद्धारा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई

काठमाडौं, 5 अक्तूबर 2021

जनता समाजवादी पार्टी नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ । सिंहदरबारमा मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सरकारमा सहभागी हुन पार्टीलाई चारवटा मन्त्रालयको जिम्मा आएको भन्दै मन्त्रालयलमा पठाउने व्यक्तिको चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको जसपा सांसद राजकिशोर यादवले जानकारी दिनुभयो । उहाले जसपाको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि मन्त्रालय , संघीय मामिला मन्त्रालय र वन मन्त्रालय परेको बताउनुभयो । बैठकमा अध्यक्ष उपेन्द्र यादवले मन्त्रिमण्डल बाँडफाडका बिषयमा गठबन्धनमा भएको छलफलका बारेमा जानकारी गराउनुभएको थियो । पार्टीको भागमा चारवटा मन्त्रालय परेको र आकांक्षी धेरै रहेकाले समावेशी र मुल्याङ्कनका आधारमा मन्त्री चयन गर्ने अधिकार अध्यक्षलाई दिएको यादवले बताउनुभयो । यसअघि मंगलबार बसेको गठबन्धनदलका शिर्ष नेताको बैठकले मन्त्रिमण्डल वाडँफाँडको संख्या टुङ्गो लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...