विराटनगर, 9 अक्तूबर 2021
रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताउनुभएको छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा मैले पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताउनुभएको हो । उहाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग रहेकाले यसलाई आफ्नो भुभाग बनाउने कार्य गर्ने उहाले बताउनुभयो । त्यस्तै उहाँले कसैले आफुलाई हेपिएको अनुभूति नहुने गरी बाँडफाँड मिलाइएको जानकारी दिनुभयो । मन्त्री रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै राष्ट्रिय विपत्तिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको जानकारी दिनुभयो ।









































