19 अक्तूबर 2021
डडेल्धुरामा घरमाथिबाट आएको पहिरोका कारण पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले एक जनाको ज्यान गएको बताएको छ। प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षकका अनुसार हालसम्म एक जनाको मृत्यु भएको जानकारी मात्रै आएको छ। यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएका छन्। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी वरिष्ठ उपरीक्षकले जनाएका छन ।









































