HomeFeatureमोहम्मद डे: नेपालगन्जमा मंगलबार बृहत र्याली

मोहम्मद डे: नेपालगन्जमा मंगलबार बृहत र्याली

19 अक्तूबर 2021

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९६ औं जन्मोत्सव अर्थात् मोहम्मद डे का अवसरमा नेपालगन्जमा मंगलबार बृहत र्याली निकालिएको छ । उक्त पर्वका अवसरमा मुस्लिम समुदायले र्याली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ । मोहम्मद डे का अवसरमा स्थानीय फैजुनब्बी जामा मस्जिदबाट सुरु भएको बृहत र्याली वडा प्रहरी कार्यालय रोड, एमपी स्कुल, त्रिभुवन चोक, विपी चोक, घरबारीटोल हुदै पुनः गौसिया मस्जिदमा पुगेर समापन भएको थियो । र्याली सुरु हुनुअघि जामा मस्जिद क्षेत्रमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमाल, पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी लगायतले शुभकामना आदान प्रदान गरेका थिए । मोहम्मद डे लाई ईद मिलादुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ । नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद जयन्ती भनेर पनि मनाउने धार्मिक अगुवा बताउँछन् । मोहम्मद डे का अवसरमा मुस्लिम समुदायहरु गरिब तथा विपन्न, असक्त, अनाथलाई दान दिने, घर–आँगन सरसफाई गर्ने, घरमा इस्लामिक झण्डा फहराउने, दिप–प्रज्वलन गर्ने लगायत क्रियाकलाप गर्छन् । मोहम्मद डे का अवसरमा सरकारले मंगलबार मुस्मील समुदायलाई सावर्जनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...