HomeFeatureधार्मिक पत्रकार सम्मेलन

धार्मिक पत्रकार सम्मेलन

काठमाडौं, 19 अक्तूबर 2021

श्री सीताराम नाम संकर्तिन एवम् रुद्र महायज्ञ समितिले कोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि यही कार्तिक ४ गतेदेखि कार्तिक १३ गतेसम्म पशुपतिनाथ मन्दिर प्रागंणमा ९ दिवसीय रामनाम संकीर्तन तथा रुद्र महायज्ञ आयोजना गर्ने भएको छ । मूल आयोजक समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त महायज्ञ गर्न लागिएको र त्यसको सम्पूर्ण तयारीसमेत पूरा भएको जानकारी दिएको हो । समितिका अनुसार यही कात्तिक ३ कलश यात्राको आयोजना गरिएको छ । श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) को संकल्पमा उक्त महायज्ञ हुन लागेको हो । कार्यक्रममा बोल्दै श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) ले विश्वका सबैलाई शान्ति राख्नको लागि महोत्सवको आयोजना गरेको जानकारी दिए । बाबाले विश्वभरि अहिले अशान्ति हुँदै गएको भन्दै त्यसलाई रोक्नको लागि आफूहरुले महायज्ञको आयोजना गरेको बताउनुभयो । उहाले महायज्ञले विश्वभर प्रकृतिमा भइरहेको प्रदुषण रोक्ने जिकिर गर्नुभयो । त्यस्तै, मूल समारोह समितिका उपाध्यक्ष कामेश्वर झाले विश्वभर कोरोना महामारीको अन्त्य गर्नलाई महायज्ञको आयोजना गरेको बताउनुभयो ।  उपाध्यक्ष झाले कात्तिक ३ गते कलश यात्रा, ४ गते यज्ञ शुभारम्भ भएर कार्तिक १३ गतेसम्म महायज्ञ चलिरहने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...