अमेरिका, 1 नवम्बर 2021
अमेरिकाको न्युयोर्कको ब्रुकलिन सहरको एक पसलमा बोतल बम आक्रमणको घटना सार्वजनिक भएको छ । आक्रमणबाट पसलका अधिकांश सामान जलेर नष्ट भएको छ भने एक जना सामान्य घाइते भएका छन् । यसमा कसैको मृत्यु भएको छैन ।एक नागरिकले बोतल बम पसल भित्र छिट्टै फ्याँकिएको र केही सेकेन्डमै आगो लागेको देखिएको छ । बोतलले कसैलाई हिर्काएको छैन। आक्रमणको समयमा पसलमा २ जना थिए ।









































