HomeFeatureप्रचण्डद्वारा अहँकारपूर्ण अभिव्यक्ति

प्रचण्डद्वारा अहँकारपूर्ण अभिव्यक्ति

काठमाडौं, 1 नवम्बर 2021

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिको केन्द्रमा माओवादी नै भएको दाबी गर्नु भएको छ । कीर्तिपुरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीको साथले नै गठबन्धनबाट ६ वटै प्रदेशमा ओली प्रवृति परास्त गरेको बताउनु भएको छ । उहाँले माओवादीलाई साथ दिँदा राष्ट्रिय हित हुन्छ भन्ने जनतामा भाव पैदा हुन थालेको स्पष्ट पार्नु भएको छ । उनले पार्टी विभाजन नभई अदालतबाट विभाजन गराइएको दाबी गर्नु भयो ।

प्रचण्डले भन्नु भयो,  ‘ओलीलाई पार्टीबाट दुईतिहाई मतले निकालिएको थियो । संसदीय दलको नेताबाट पनि हटाइएको थियो । संसदीय दलको नेताबाट मलाई निर्वाचित गरेर मलाई प्रधानमन्त्री बनाउने निर्णय गरिएकै दिन अदालतबाट नेकपालाई विभाजन गरी एमाले र माओवादी बनाइयो ।’

प्रचण्डले जनताको लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताका विषयमा आधारभूत सहमति भएपछि गठबन्धनको सरकार बनेको बताएका छन् । उनले माओवादीकै सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सिफारिस गरेपछि अदालतले नियुक्त गर्न आदेश दिएकाले माओवादीकै विचारको जीत भएको बताउनु भएको छ ।

माओवादीले गरेका कामको प्रचार कम भएको बताउनु भयो । ‘हामीले राम्रा(राम्रा काम गर्‍यौं, सामान बनायौं । बिक्री गर्न जानिराखेका छैनौं, मार्केटिङ गर्ने हाम्रो क्षमता अलि पुगेको छैन’, प्रचण्डले भने, ‘ऐतिहासिक काम, जनताका जीवनमा परिवर्तन ल्याउन गरिएका विकास निर्माणका कामहरू जनताको बीचमा स्थापित गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...