1 नवम्बर 2021
सुदूरपश्चिमको कन्चनपुरसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडीको दुर्घटना भएको छ। बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। आइतबार बिहान देहरादुनस्थित चकराता त्यूणी सडकमा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको अन्तराष्ट्रीय समाचारले जनाएको छ। बोलेरो गाडीमा १५ जना सवार थिए। जसमध्ये दुई जनाको उद्धार गरिएको छ। गम्भीर अवस्थामा रहेका उनीहरूको देहरादुन अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले गाडी चकराताको बायला गाउँबाट विकास नगर जाँदै थियो जनाए। गाउँबाट हिँडेको केही समयमै गाडी अनियन्त्रित भई सडकबाट खसेको थियो। यस घटनाको अनुसन्धान गर्नका लागि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले निर्देशन दिएका छन्। साथै क्षमताभन्दा बढी भार राखेर गाडी नचलाउन र चलाउनेलाई कारबाही गर्न पनि उनले निर्देशन दिइए। जिल्ला अधिकारीका अनुसार गाडीमा ओभरलोड भएकाले आइतबारको दुर्घटना भएको बताए। ‘त्यो लोकल गाडी हो र ओभरलोडका कारण दुर्घटना भएको देखिन्छ। प्रहरी अधिकारी तथा उद्दारकर्ताहरू खोजतलासको लागि घटनास्थल पुगेका छन्,’ ।









































