8 नवम्बर 2021
सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका-३ का अन्दाजी ४० वर्षीय देबबहादुर सुनार रहेको प्रहरीले जनाएको छ । सल्यानको कालीमाटीबाट दाङको बबइ गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटना हहुँदा अन्य १६ यात्रु घाइते भएका छन् । मृतक सुनार जिपका मालिक हुन् । घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ । दाङको बबइ गाउँपालिका-३ ठाडो खोलामा बिहान ९ बजेतिर जिप दुर्घटना भएको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सामान्य घाइतेलाई उपचारका लागि तुलसीपुर पठाइएको छ भने गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।









































