HomeFeatureप्रधानन्यायाधीश शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएसनद्वारा सोमबार पनि बिरोध प्रदर्शन

प्रधानन्यायाधीश शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएसनद्वारा सोमबार पनि बिरोध प्रदर्शन

काठमाडौं, 8 नवम्बर 2021

 प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले सोमबार पनि बिरोध प्रदर्शन गरेको छ । कालो पट्टी र कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनमा विरोध प्रदर्शन गरेका हुन् । यसअघि बारले राजीनामा दिन प्रधानन्यायाधीश राणालाई ५ दिनको अल्टिमेटम दिएको थियो । राजीनामा नआएपछि बारले आन्दोलनलाई अझ कडा पार्ने जनाएको छ । प्रधानन्यायाधीश राणाले न्यायलयलाई ध्वस्त पार्ने काम गरेकाले राजीनामा दिनुपर्ने बारको भनाई छ । विरोध प्रदर्शनमा बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले विसंगति र विकृतिको कारण प्रधानन्यायाधीश मात्रै नभएपनि प्रधानन्यायाधीश मुख्य जिम्मेवार व्यक्ति भने भएको बताउनुभयो । बारले न्यायलय सुधारका लागि प्रारम्भदेखि नै उठाएका विषयमा धेरै बिषयमा पटक पटक ध्यानाकर्षण गराएपनि प्रधानन्याधिशबाट कुनै सुनुवाई नै नभएको उहाले बताउनुभयो । त्यस्तै  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण न्यायपालिका संकटमा परेको आरोप लगायनुभयो ।  प्रधानन्यायाधीशको गैर न्यायीक आचरणले गर्दा आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको उहाको भनाई छ । बारले आइतबार देशभरका बार इकाइँसग छलफल गरेको थियो । उक्त छलफलपछि आन्दोलनमा सहभागी हुनु सम्पूर्ण कानून व्यवसायीलाई आह्वान गरिएको थियो । यस्तै बारले ९ बुँदे मागपत्र अघि सार्दै प्रधानन्यायधिशले राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।तीन वर्ष न्यायपालिकाको नेतृत्व गर्दा पनि सार्वजनिक रुपमा व्यक्त प्रतिवद्धता कार्यान्वयन नगरेको आरोप बारले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...