HomeFeatureछठ पूजाको अवसरमा हिमानी शाहको प्रमुख आतिथ्यतामा बुधबार जनकपुरदेखि विरगञ्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि...

छठ पूजाको अवसरमा हिमानी शाहको प्रमुख आतिथ्यतामा बुधबार जनकपुरदेखि विरगञ्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने

9 नवम्बर 2021

पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि विरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ । २०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपालसहित  चारवटा संस्थाहरु आवद्ध भएको संयुक्त केन्द्रीय समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुष्पवृष्टिबारे जानकारी दिएको हो । धनुषा (जनकपुर)मा गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरुमा, पर्सा (विरगञ्ज)को घडिहरवा माईपोखरी तथा आसपासका पोखरीहरुमा र बाराको बहुअरी पोखरी–५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको हो । नेपाल नागरिक अभियानका संयोजक डा. ठाकुर मोहन श्रेष्ठले पूर्वयुवराज्ञी हिमानी शाहको आतिथ्यमा कार्यक्रम छठ कार्यक्रम गरिने बताउनुभयो । उहाले सुर्यको ताप र ज्योति हरेक अंगमा प्रतितापन भन्दै जिउदै देखिने भगवान भनेकै सुर्यनाथ भएको जिकिर गर्नुभयो। विजेश्वरी मन्दिरका पुजारी हेमरत्न शाक्यले कार्यक्रममा राष्ट्र र आम नागरिकको शान्ति, अमनचयनको लागि प्रकृति सुहाउँदो राजासहितको राजसंस्थाको माग गर्नुभयो ।  नेपाल नागरिक अभियान तराईका संयोजक कैलाश साहले तराई क्षेत्रमा मात्र सिमित भएको छटपर्व सबैतिर पुर्याउनपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...