HomeFeatureप्रधानन्यायधिशको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप

प्रधानन्यायधिशको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं, 18 नवम्बर 2021

प्रधानन्यायधिशको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा बार एसोसिएसनका अध्यक्ष सहित केहि घाइते भएका छन् । प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै अदालतको मूल गेटमा धर्नामा बस्दै आएका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोज्दा उनीहरु घाइते भएका हुन् । बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे लगाएत घाइते भएको बारले जनाएको छ ।  यसैबीच सर्वोच्चमा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै प्रधानन्यायधिशको राजीनामा नभएसम्म आन्दोलन चर्काउने जनाएको छ । बार परिसरमा भएको विरोध सभामा बारका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराइले न्यायपालिकाको स्वतन्त्रताका भएको आन्दोलनमा दंगा प्रहरी तैनाथ गरेको र हस्तक्षेप गरेको भन्दै बिरोध जनाउनुभयो । आफुहरुमाथि भएको दमनको निन्दा गर्दै थप शसक्त कार्यक्रम तय गर्ने उहाँले बताउनुभयो । त्यस्तै सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्याधिश अस्ताउदो घाम भएको भन्दै कसैको दमनले आफुहरुको आन्दोलन नरोकिने जिकिर गर्नुभयो । उहाँले आफुहरुको अन्तिम लडाई बाकी नै रहेको बताउनुभयो । वरिष्ठ अधिवक्ता हरिहर दाहालले न्यायालयको शुद्धीकरणका लागि थालेको शान्तिपूर्ण आन्दोलनमा गृह र सर्वोच्च प्रशासनले दमन गरेको बताउनुभयो । उहाले आफुहरुलाई दमन गर्न खोजेपनि आन्दोलन नरोकिने उल्लेख गर्नुभयो । न्यायलयमा भ्रष्टचार मौलाएको, गोलाप्रथा लागू नगरेको, विचौलियालाई प्रश्रय दिएको लगायतका आरोप लगाउँदै बारले प्रधानन्यायधिशको राजीनामा माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...