HomeFeatureरेबिजविरुद्ध लगाइने रेबिजको इम्युनोग्लोबुलिनको सेवा सरकारले मंसिर ५ गतेबाट सातै प्रदेशबाट सुरु...

रेबिजविरुद्ध लगाइने रेबिजको इम्युनोग्लोबुलिनको सेवा सरकारले मंसिर ५ गतेबाट सातै प्रदेशबाट सुरु गर्ने

काठमाडौं, 18 नवम्बर 2021

सरकारले रेबिजविरुद्ध लगाइने रेबिजको इम्युनोग्लोबुलिनको सेवा सातै प्रदेशबाट सुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सममेलन गदै मंसिर ५ गतेबाट मुलुकका सातै प्रदेशबाट उक्त सेवा प्रदान गर्ने जनाएको हो । हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाटमात्र रेविजको इम्युनोग्लोबुलिन प्रदान गरिदै आएको थियो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंसिरको ५ गतेबाट सबै प्रदेशमा रेबिज इम्युनो ग्लोबुनिको सेवाप्रवाह गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार प्रदेश १ को कोशी अस्पताल , प्रदेश २ को जनकपुर अस्पताल र नारायणी अस्पताल बिरगंज , बागमती प्रदेशमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौडा , भरतपुर अस्पताल चितवनबाट उक्त सेवा प्रदान गरिने छ । त्यस्तै गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, लम्विनी प्रदेशमा लुम्विनी अस्पताल , कर्णालीमा सुर्खेत अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेति प्रादेशिक अस्पतालबाट  रेबिज इम्युनो ग्लोबुनिको सेवाप्रवाह हुने मन्त्री खतिवडाले जानकारी दिनुभयो । त्यस्तै अन्य अस्पतालबाट पनि सेवा विस्तार गर्ने योजना गरेको उहाले बताउनुभयो । पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले नेपालमा रेविजका कारण १५ देखि २० जनाको वार्षिक मृत्यु हुने गरेको जानकारी दिनुभयो । रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरी सुईको माध्यमले लगाइने उक्त औषधीले ७ देखि १० दिन भित्र मात्र शरिले एन्टिबडी बनाउन थाल्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...