HomeFeatureकाठमाडौ जिल्ला कार्य समितिको १४ औँ अधिवेशन उद्घाटनमा प्रकाशमान र गगन

काठमाडौ जिल्ला कार्य समितिको १४ औँ अधिवेशन उद्घाटनमा प्रकाशमान र गगन

काठमाडौं, 28 नवम्बर 2021

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विधि र नियम अनुसार पार्टी नचल्दा काँग्रेसको छवि विग्रदै गएको बताउनुभएको छ । आइतबार नेपाली काँग्रेस काठमाडौ जिल्ला कार्य समितिको १४ औँ अधिवेशन उद्घाटन गर्दै नेता सिंहले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको १३ औँ महाधिवेशन सकिएको दुई महिना भित्र विभागहरु गठन गर्नुपर्ने पार्टीको विधान भएपनि ५ वर्षपछि पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन गरेको आरोप लगाउनुभयो । नेता सिंहले बहुमत छ भन्दैमा पार्टीलाई विधि र अनुशासन भन्दा बाहिर गएर सञ्चालन गर्न नहुने धारणा राख्नुभयो । उहाँले काठमाडौ जिल्लाको अधिवेशनमा भोट हाल्दा पार्टीलाई बेथितितिर लैजाने कि नीति र नियम संवत चलाउने भन्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो। उहाँले कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने सन्देश यसपटकको काठमाडौ जिल्लाको अधिवेशनले दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेता गगन थापाले चितवन अधिवेशनपछि आउने नेकपा एमाले आफ्नो भित्रको जनवादलाई सिध्याउने मात्र नभई देशको प्रजातन्त्रको बाटोलाई पनि सिध्याउने गरी आउने दाबी गर्नुभयो । बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली कांगेसले गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । उहाँले एमाले चितवनबाट फर्किएपछि निर्वाचनमा जाने भएकाले कांग्रेसले एमालेसँग निर्वाचन अघि प्रजातन्त्र, संविधान र व्यवस्था जोगाउनका लगि जुध्नुपर्ने भएकाले देशभरबाट एमालेसँग जुध्नसक्ने सिंगो पार्टीलाई उचाल्न सक्ने नेतृत्व छनौट गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...