HomeFeatureशहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबको पहिलो...

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबको पहिलो जित

काठमाडौं, 28 नवम्बर 2021

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । खेलमा पुलिसलाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे । तर, जावलाखेलविरुद्ध जित निकाल्न पुलिसलाई दोस्रो हाफसम्म कुर्नु परेको थियो । रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको   थियो। खेलको तेस्रो मिनेटमा जावलाखेलका ओन्गुना जुनियरले गोलको अवसर गुमाए । पेनाल्टी क्षेत्र भित्रबाट गोलकिपर मात्र रहेको अवस्थामा उनले बाहिर प्रहार गरे । जावलाखेलका अमिर श्रेष्ठले दशौँ मिनेटमा गोलको अवसर गुमाए । पुलिसका डिफेन्डरको गल्तिमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उनको प्रहारले पोस्टको दिशा लिन सकेन । पुलिसका मान बहादुर परियारको फ्रिकिकमा रबि पासवानले ६५ औं मिनेटमा प्रहार गरेको हेडर बल पोस्टमा लागेर बाहिरिएको थियो । लगत्तै ६७ औं मिनेटमा जावलाखेलका सन्त बहादुर गुरुङको प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो । तर, ७० औं मिनेटमा पुलिसले अग्रता बनाउन सक्यो । पुलिसका परिवर्तित खेलाडी सुमन लामाले रबि पासवानको पासमा उत्कृष्ट गोल गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...