HomeFeatureअमेरिकामा आफ्नो कला चम्काएका दिनेश सुनार उर्फ पार्कर पार्कर खेलका नेपाली सर्जकले...

अमेरिकामा आफ्नो कला चम्काएका दिनेश सुनार उर्फ पार्कर पार्कर खेलका नेपाली सर्जकले सुपर युथ अवार्ड पाए

31 दिसम्बर 2021

अमेरिकामा आफ्नो कला चम्काएका पार्कर खेलका नेपाली सर्जक दिनेश सुनार उर्फ पार्कर सुपर युथ अवार्ड पाएका छन । उनको उपनाम पार्कर रहनुमा संघर्ष, शिल्प र त्यसैको निरन्तरतामा इमानको घुलन छ। उनी पार्कर खेलका नेपाली सर्जक हुन् जसले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ५ पटक नाम लेखाइसकेका छन्। सशस्त्र प्रहरीमा जागिरेका रुपमा छिरेपछि उनले आफ्नो खेल जीवनलाई अझ गति दिए। खासगरी आफूभित्र रहेको सीपलाई शैलीका रुपमा उतार्न उक्त समय दिनेशका निम्ति केही सहज भयो तर पूर्णचाहिँ मिहनेतले नै बनाउँदै गए। उनले भने,‘खेल खेलका रुपमा या कुनै जीतका रुपमा मात्र होइन, मनभित्र एउटा प्रार्थना र भावनाका साथ अगाडि बढाउँदै गएको छु।’ पछिल्लो पटक दिनेशको ५औं विश्व रेकर्डचाहिँ अमेरिकामा कायम भयो। उनले ‘मस्ट ब्याकवार्ड समरसल्ट इन अ ट्रयाम्पोलाइन’ शीर्षकमा नाम लेखाएको प्रमाणत्र नै अमेरिकी सिनेटर सी. लिऊले न्युयोर्कको एउटा कार्यक्रममा हस्तान्तरण गरेका थिए। उनी वलर्ड फररनिङ पार्कर फेडेरेशन (डब्लुएफपीएफ)सँग पनि आवद्ध छन्। हालै मात्र उनलाई ‘द ग्लोबल युथ इम्पाउरमेन्ट’ अवार्ड हात पारेका छन्। युवाका लागि अमेरिकालगायत विश्वमा नै प्रेरणाको सुत्रका रुपमा उदय भइरहेका उनले क्यानडा, फिलिपिन्स, अमेरिकालगायतका युवामाझ कसरी कौशल बन्न सकिन्छ भन्ने प्रेरक चर्चा समेत गरिसकेका छन्।

दिनेशले भने, ‘माटोले सिकाएको मेरो सीपमा क्षमता भर्ने काम पनि नेपाली भूमीले गरेको थियो। यसको सम्मान विश्वभरबाट भइरहेका कारण आफूले जानको विषय र अनुभवलाई सुनाउन पाउँदा हर्षित छु। हर्षको विभोरतामा नेपाल धर्ती र मलाई जन्मदिने मातापिता प्रति नमन गर्छु सँधै।’

गिनिज बुकमा मात्र ५ खुड्किला पार गरिसकेका छन्। उनी रोकिने देखिँदैनन्। ‘जानको र सकेको जति अहिले नै गर्ने हो, यसले मेरो व्यक्तित्वको नाम भन्दा पनि विश्वले कुन धर्तीमा जन्मिएको भनी नेपालको नामलाई चिनाउँछ भन्ने गर्व लुकेको छ।’

‘मेरा सफलताका यात्रामा प्रत्यक्ष वा परोक्ष रुपमा सकारात्मक र नकारात्मक चिज पनि प्रेरणा र कारण बनेका छन्। मेरो कसैसँग गुनासो छैन, बरु सबैसँग हर्षित र गर्विलो स्मरण छ।’

प्रेरणादायी खेल जीवनमा रहेका कारणले नै दिनेश उत्तर अमेरिका क्षेत्रमा रहेर योगदान गरेका परिवर्तनका संवाहकहरूको सूचीमा परेका छन्। नेपालिजमले गरेको उक्त सूचीमा उनी प्रेरणाका कारणले नै परेका हुन्। उनको यहि कलाका कारणले फिल्मनगरीमा पनि उनको माग बढ्दो भयो। उनले गिनिज बुकमा नाम लेखाउने यात्रा ‘मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलबाट सुरु गरेका थिए।

श्रीमति शर्मिला सुनारको सहयोग नै उनको यात्राको अर्को गतिलो पाटो हो। पाँचौ पटक गिनिज बुकमा नाम लेखाउनका लागि अमेरिकामै उनलाई ग्रेटर एक्रोन, हिन्दु सेवा समितिका अध्यक्ष महानन्द लुइँटेल, भुटानी कम्युनिटी एशोसिएशन अफ एक्रोनका अध्यक्ष मनोरथ खनाल,उपाध्यक्ष आका खतिवडा, तेक्वान्दो मास्टर हर्क तिरुवा, सनसाइन प्रोप्राइटर तथा मास्टर कौशिला खनाल, श्री कर्माचार्यलगायतको उपस्थिति रहेको थियो। खेलका माध्यमबाट संघर्षका मैदानमा उनी क्यालिबर सुजको ब्रान्ड एम्बेस्डर भए। २०१७ देखि २०२० सम्म तीन बर्ष उनले ब्रान्ड एम्बेस्डरको भूमिका निभाए भने डिआरएन इलेक्ट्रोनिक्सको (२०१९–२०२१, नेपालको पहिलो इनर्जी ड्रिङ्क्स वाउ (२०२०–२०२१) सम्म ब्रान्ड एम्बेस्डर भए। उनले सन् २०१९ मा इन्करेजमेन्ट अवार्ड जिते। जपान र नेपाल बेस्ट पार्कर एथलेटिक वल्र्ड एस्ट्रा अर्डिनरी एबीलिटी ट्यालेन्ट पनि पाएका उनी भन्छन्,‘मैदानमा अझ संघर्ष गर्नुछ, सफलताको गन्तव्य नजिक कहाँ हुन्छ र? त्यो निकै पर क्षितिजमा हुन्छ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...