HomeFeatureसरकारद्वारा निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान

सरकारद्वारा निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान

काठमाडौं, 31 दिसम्बर 2021

सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको जानकारी दिनुभयो । त्यस्तै सुर्खेत जिल्लाको साविकका लेखफर्सा, काफलकोट र लेखपराजुल गाविसको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय, मेहलकुना, सुर्खेतलाई हस्तान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरिएको उहाले बताउनुभयो । बैठकले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा यही यही पुस १८ देखि ३० गतेसम्म घर बिदामा रहनुहुने भएकाले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पनि निर्णय गरेको छ ।मन्त्री कार्कीका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटोविज्ञ डा गङ्गादत्त आचार्यलाई सार्क कृषि केन्द्र ढाकामा वरिष्ठ कार्यक्रम विज्ञ पदमा काम गर्न काजमा खटाउने निर्णय भएको छ । यस्तै बैठकले टाक्टोर–लामाजुरा सडकखण्डको ट्रयाक खोल्न सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका २.५७ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्ट्रनसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । आदिकवि भानुजन्मस्थल विकास समितिको अध्यक्ष पदमा तनहुँ जिल्ला भानु–४, का ऋषिराम पन्त र कार्यकारी निर्देशकको पदमा सोही ठाउँका शङ्कर रानाभाटलाई नियुक्त गर्ने निर्णय गरेको कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...