1 जनवरी, 2022
प्रधानसेनापति प्रभुराम शर्मा भारत आउने भएका छन् । स्वास्थ्य परीक्षणका लागि उनी भारत आउन लागेको नेपाली सेनाले जनाएको छ । मन्त्रिपरिषद्को पुस १५ गते बसेको बैठकले उनको विदा स्वीकृत गरेको थियो । शर्माका लागि मन्त्रिपरिषद्ले पुस १८ गतेदेखि ३० गतेसम्मको बिदा स्वीकृत गरेको नेपाली सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने भएका छन् ।









































