HomeFeatureनेपाल वायु सेवा निगम र नेपाल बिद्युत प्राधिकरणबीच सहकार्य गर्ने बिषयमा सम्झौता

नेपाल वायु सेवा निगम र नेपाल बिद्युत प्राधिकरणबीच सहकार्य गर्ने बिषयमा सम्झौता

काठमाडौं, 3 जनवरी 2022

नेपाल वायु सेवा निगम र नेपाल बिद्युत प्राधिकरणबीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निगम र प्राधिकरणबीच प्राधिकरणका सामान तथा यात्रु नेपाल एअरलाइन्स मार्फत बोक्ने सम्झौता भएको हो । पर्यटनमन्त्री प्रेम आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कार्यकारी निर्देशक कुलमान घिसिङबीच सम्झौता गरिएको थियो । सम्झौतासंगै अव प्राधिकरणले कार्गोका लागि निगमको जहाज प्रयोग गर्नेछ । सम्झौता कार्यक्रममा मन्त्री आलेले डुव्न लागेको संस्थालाई प्राधिकरणले गरेको सहयोगप्रति आधार व्यक्त गर्नुभयो । कुलमानले प्राधिकरणलाई माथि उकास्न गरेको कामको प्रसंसा गर्दै उहाले आफुले पनि सांसद हुदा वन तस्करी रोक्न आवाज उठाएको बताउनुभयो । मन्त्री आलेले आफ्नो कारण नै वन जोगाउने काम भएको र कोप सम्मेलनमा प्रधानमन्त्री जादा नेपाललाई कार्वन सञ्चिती गर्नका लागि रोयल्टी प्राप्त भएको दावी गर्नुभयो । त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले यसअघि पनि निगमकै जहाज प्रयोग गर्दै आएकोमा यससम्बन्धी सम्झौता भएको भन्दै खुसी व्यक्त गर्नुभयो । अव प्राधिकरणको कामका कर्मचारीहरुले पनि निगमकै जहाज प्रयोग गर्ने उहाले बताउनुभयो । उहाले सम्झौतालाई तत्कालै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमले अव सेवा र गुणस्तरमा सुधार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...