HomeFeature‘ए’ डिभिजन लिग फुटबल

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं, 1 जनवरी 2022

मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशालामा शनिबार ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । मनाङलाई जित दिलाउन कप्तान अन्जन विष्टले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । शीर्ष स्थानमा उक्लिएको मनाङले ७ खेलमा १६ अंक जोडेको छ । ब्रिगेडले ७ खेलमा ५ अंक जोडेको छ । त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले जवालाखेल युथ क्लबलाई २–१ गोल अन्तरले हराएको छ । थ्री स्टारलाई जित दिलाउन आयुष घलान र ऋतिक कुमार खड्काले एक एक गोल गरे । जावलाखेलका निकोलस फर्नान्डेसले एक गोल फर्काए । जितसँगै थ्री स्टार लिगको पाँचौं स्थानमा उक्लिएको छ । थ्री स्टारले ७ खेलमा १० अंक जोडेको छ । त्यस्तै शनिबार नै भएको अर्को खेलमा संकटा क्लबले च्यासल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।संकटाले च्यासलसँग गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर गुमाएका थिए । जसको कारण खेल गोलविहीन सकिएको हो । यस बराबरीसँगै संकटाले ७ खेलमा १३ अंक जोडेको छ । संकटा तेस्रो स्थानमा यथावत रहेको छ । च्यासल ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...