HomeFeatureसरकारद्वारा उखुको बिक्री मूल्य बढाउने तयारी

सरकारद्वारा उखुको बिक्री मूल्य बढाउने तयारी

काठमाडौं, 4 जनवरी 2022

सरकारले उखुको बिक्री मूल्य बढाउने तयारी गरेको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले उखुको प्रस्तावित नयाँ मूल्य मन्त्रिपरिषदमा पठाइएको र बुधबार यसबारे निर्णय हुने बताउनुभएको हो । गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको भन्दै यस बर्ष समान रुपमा सबै प्रकारको उखुको बिक्रि मूल्य बढाइने उहाले बताउनुभयो । उहाले धेरै उत्पादन गर्ने र थोरै उत्पादन गर्ने किसानले समान मूल्य पाउने भएपनि लागत बढ्दा किसान मारमा परेको देखिएको उल्लेख गर्नुभयो । नेपाल भन्दा भारतमा उखुको मूल्य सस्तो भएको र भारतले तीन प्रकारले किसानले उखुको मूल्य पाउने व्यवस्था रहेको जानकारी उहाले दिनुभयो । सचिव शर्माले कानुन आयोगबाट पास भएर कृषि बिधेयक अघि बढेको र त्यसपछि किसान मैत्री कानून आउने जानकारी दिनुभयो । त्यस्तै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईले ५ वटा मिलले उखु किसानलाई ८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुभयो । किसानको वक्तौता भुक्तान नगर्ने लुम्बिनी, इन्दिरा, अन्नपूर्ण, हिमालय, श्रीराम मिलको बैंक खाता र जग्गा रोक्का गर्नका लागि पत्राचार भइसकेको उहाले बताउनुभयो । बैठकमा सांसदहरुले उखु किसानले पाउनु पर्ने बक्यौता भुक्तानी तत्काल गर्नुपर्नेमा सांसदहरुले जोड दिएका थिए । सांसद अमनलाल मोदीले सरकारले नै किसानलाई भुक्तानी गरेर उद्योगबाट सरकारले असुल गर्नुपर्ने बताउनुभयो । अव पनि किसानले भुक्तानी नपाए आफै असनस बस्ने उहाले बताउनुभयो । त्यस्तै सांसद राजन केसीले उखु किसानका समस्याको दीर्घकालीन समाधानका लागि छुट्टै ऐन बनाउनुपर्ने धारणा राख्नुभयो । बैठकमा अर्थ मन्त्रालयका प्रतिनिधिहरुले चिनीमा लगाइने भ्याट हटाउन विगतदेखि नै छलफल भएपनि निर्णयमा भने पुग्न नसकिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...