HomeFeatureनेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान: विभिन्न कारण देखाएर कप्तानबाट हटाउदा दुख लागेको...

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान: विभिन्न कारण देखाएर कप्तानबाट हटाउदा दुख लागेको छ

काठमाडौं, 4 जनवरी 2022

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले विभिन्न कारण देखाएर  आफुलाई कप्तानबाट हटाउदा दुख लागेको बताउनुभएको छ । मंगलबार टियु क्रिकेट मैदान मंगलबार संचारकर्मीसँग कुरा गर्दै मल्लले विभिन्न आरोपहरु लगाएर हटाउदा दुख लागेको बताउनुभएको हो । आफुले धेरै बर्ष क्रिकेटलाई दिएको र बिना कारण विभिन्न कुराहरु निकालेर आरोप लगाउनु दुखको बिषय भएको उहाको भनाई छ । क्यानलाई आफुहरुले सदैव सम्मान गर्ने भन्दै उहाले बोर्डको बिरुद्धमा जाने, बोर्डलाई निच बनाउने कहिले नरहेको जिकिर गर्नुभयो । मल्लले आफु सधै कप्तान बन्न नआएको र आफु सधै देशको लागि र आफ्नो लागि खेल्ने बताउनुभयो । मल्लले वर्गीकरणकै कारण क्यान र खेलाडीबीच समस्या उत्पन्न भएको पनि बताउनुभयो । नेपाली क्रिकेट अघि बढाउन एक जुट भएको भन्दै उहाले टिमका खेलाडीबीच कुनै मनमुटाब नभएको उल्लेख गर्नुभयो । असन्तुष्ट खेलाडी र क्यानबीच सहमति भएपछि आसन्न ग्लोबल छनोटका लागि सबै सबै खेलाडी बन्द प्रशिक्षणमा जुटेका छन । खुट्टाको चोटका कारण सागर ढकाल र हाल बिग ब्यास लिगका लागि अष्ट्रेलियामा रहेका सन्दिप लामिछाने बाहेक सबै खेलाडी मंगलबारबाट प्रशिक्षणमा फर्किएका छन । यसअघि क्यानले कारवाहीमा राख्दै कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दिपेन्द्रसिंह ऐरीलाई हटाएको थियो भने सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि ६ महिना केन्द्रिय सम्झौतामा नराख्ने निर्णय गरेको थियो । त्यसपछि उत्पन्न भएको विवादमा बारम्बारको छलफलपछि क्यान र खेलाडीले केहि लचकता अपनाउँदै विवाद समाधानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...