HomeFeatureकुर्मीको हत्या प्रकरणमा अनशनमा बसेकी महिलाहरुले आन्दोलनलाई गरे स्थगीत

कुर्मीको हत्या प्रकरणमा अनशनमा बसेकी महिलाहरुले आन्दोलनलाई गरे स्थगीत

काठमाडौं, 5 जनवरी 2022

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक गरी हत्या प्रकरणमा आमरण अनशनमा बसेकी रुबी खान लगाएतका महिलाहरुले आन्दोलनका कार्यक्रमलाई स्थगीत गरेका छन् । सरकारसँग चारबुँदे सहमति भएपछि महिला अधिकार मञ्च नेपालगञ्जले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगीत गरेको हो । सरकारसंग भएको सहमतिमा न्याय पाउने बाटोमा अवरोध आए फेरि निरन्तर आन्दोलनमार्फत खबरदारी गर्ने अधिकारकर्मी रुबी खानले बताउनुभयो । उहाले पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाँकेमा दिएको जाहेरीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धान गर्ने, साक्षी तथा अभियन्ताहरुको सुरक्षाको प्रत्याभूति गर्ने सहमति भएको बताउनुभयो । त्यस्तै सरकारी प्रतिवेदन कार्यान्वयनमा प्रशासनिक सहजीकरण र सत्याग्रहसहितका आन्दोलन रोक्ने सहमति भएको उहाले जानकारी दिनुभयो । घरेलु हिंसामा परेकी नन्कुन्नी धोबी र बेपत्ता भएकी निर्मला कुर्मीको न्यायका लागि दबाव दिन अधिकारकर्मीहरु ४० दिन भन्दा बढि काठमाडौंको माइतिघरमा रिले अनसनमा बसेका थिए । उक्त घटनामा यसअघि गृह मन्त्रालयको सह–सचिव नेतृत्वको छानविन समितिले १४ कात्तिकमा गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनमा पूर्वसभासद् बादशाह कुर्मीको भूमिका शंकास्पद रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । साथै किटानी जाहेरीमा उल्लेखित अन्य ७ जनालाई पनि पक्राउ गरेर अनुसन्धान गर्न समितिले सुझाएको थियो । सरकारी प्रतिवेदनले गरेका सिफारिस कार्यान्वयन गर्न छाडेर प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारले चासो नदेखाएकाले उनीहरु आन्दोलित भएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...