5 जनवरी 2022
बुधबार बिहान भारतको झारखण्डको पाकुरमा भीषण सडक दुर्घटना भएको छ । दुर्घटनामा परि १६ जनाको मृत्यु भएको छ । साहिबगञ्जबाट दुम्का जाँदै गरेको बस लिट्टीपाडा–आमदापारा सडकको पडेरकोला नजिक ग्यास सिलिण्डर भरेको ट्रकसँग ठोक्किएको हो । ४० भन्दा बढी यात्रु बसमा सवार रहेको जनाइएको छ । जसमा करिब २० जना घाइते भएका छन् । बसभित्र रहेका मानिसलाई निकाल्ने काम जारी छ । ठक्कर लागदा दुबै गाडी ध्वस्त भएका थिए । धेरै मानिस बस बाहिर खसेका थिए । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीयले जनाएका छन् ।









































