HomeFeatureनुवाकोट दौडको छैठौं संस्करण माघ ८ गते आयोजना हुने

नुवाकोट दौडको छैठौं संस्करण माघ ८ गते आयोजना हुने

काठमाडौं, 5 जनवरी 2022

झिल्टुङ्ग क्रसकन्ट्री दौडको छैठौं संस्करण माघ ८ गते आयोजना हुने भएको छ । नुवाकोटको वेलकोटगढी वडा नम्बर ५ को आयोजना तथा काठमाडौं एथलेटिक्स संघको प्राविधिक सहयोगमा झिल्टुङ्ग क्रसकन्ट्री दौड हुन लागेको हो । दौड नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुने रुट रहेको छ । जसमध्ये ४ दशमलव ५ किलोमिटर उकालो र २ किलोमिटर समथर र बाँकी बाटो ओरालो रहेको आयोजकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पत्रकार सम्मेलनमा दौड संयोजक मोहन नेपालले झिल्टुङ्ग तथा नुवाकोटको पर्यटन प्रवद्र्धनका साथै झिल्टुङ्ग क्षेत्रका बिद्यालयमा रहेका बिद्यार्थीहरुलाई प्रोत्साहन गर्ने लक्ष्य रहेको बताउनुभयो । त्यस्तै नुवाकोटको बेलकोटगढी ५ का वडा अध्यक्ष अनन्तराम नेपालले झिल्टुङ्ग क्रसकन्ट्री दौडलाई अन्तराष्ट्रिय स्तरको बनाउने र झिल्टुङ्गलाई सवैतिर चिनाउने उदेश्यले प्रतियोगीता आयोजना गरेको जानकारी दिनुभयो । क्रसकन्ट्री दौडलाई विकास गर्ने उद्धेश्य सुरुवात गरिएको झिल्टुङ्ग दौड खेलाडीलाई दौडने अवसर दिदै लामो दुरीको दौडलाई सहयोग गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...