HomeFeatureनेपाली कांग्रेसलाई नयाँ उचाईमा पुराउने अभियानमा विश्राम लागेको छैन्: कोईराला

नेपाली कांग्रेसलाई नयाँ उचाईमा पुराउने अभियानमा विश्राम लागेको छैन्: कोईराला

काठमाडौं, 5 जनवरी 2022

नेपाली कांग्रेसका नेता शेखर कोईरालाले नेपाली कांग्रेसलाई नयाँ उचाईमा पुराउने अभियानमा विश्राम नलागेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आफु निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै कोईरालाले पार्टीको महाधिवेशनले आफु पक्षिय केहिलाई महत्वपूर्ण जिम्मेवारीमा पुराएको र केहिलाई जिम्मेवारी बाहिर राखेपनि कांग्रेसलाई नयाँ उचाईमा पुराउने अभियानमा विश्राम नलागेको बताउनुभएको हो । उहाले सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा गरेको मनोनयनका बिषयमा प्रश्न उठाउदै मापदण्डका आधार प्रष्ट हुनुपर्ने धारणा राख्नुभयो । कोईरालाले सभापतिको व्यक्तिगत रुचिका आधारमा व्यक्तिको छनोट भएमा पार्टी दुर्घटनामा पर्ने बताउनुभयो । त्यस्तै उहाले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन आफूहरू एकताको सन्देश बोकेर देशभर जाने जिकिर गर्नुभयो ।  विधि र विधानबाहिर गएर गरिने सबै कामहरू बन्द गर्न एकढिक्का भएर प्रयत्न गर्नुपर्ने उहाको भनाई छ । कोईरालाले तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा कटिवद्ध रहेको धारणा राख्नुभयो । त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले उहाले गुटगत व्यहार भन्दा पनि न्यायोचित व्यवस्थालाई जोड दिने बताउनुभयो । बिधि र बिधानका आधारमा पार्टीलाई चलाउन र रुपान्तरित गर्न आफुहरु छलफलमा जुटेको र यसलाई भेला भन्न नमिल्ने उहाको भनाई छ । कांग्रेस महाधिवेशनमा सभापतिमा पराजित भएका नेता शेखर कोइरालाले निरन्तर रुपमा आफु पक्षिय नेताहरु छलफल गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...