HomeFeatureकृषिमन्त्रीद्वारा भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलनका लागि स्थानिय...

कृषिमन्त्रीद्वारा भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलनका लागि स्थानिय तहहरुसँग प्रथम चरणको सहमति

काठमाडौं, 8 जनवरी 2022

राष्ट्रिय भूमि आयोगले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलनका लागि स्थानिय तहहरुसँग प्रथम चरणको सहमति गरेको छ । शनिबार काठमाडौंमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा आयोगका अध्यक्ष केशव निरौला र सम्बन्धी स्थानीय तहका प्रतिनिधिबीच जग्गा बितरण गर्ने र अव्यवस्थीत बसोबासीको व्यवस्थापन गर्ने सम्बन्धको सहमति पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिहिनको समस्या समाधान गर्नका लागि आयोगलाई सवै प्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । बिगतका सरकारले कमैया, कमलरी, हलियामुक्त गरेपनि पुन:स्थापनाको काम प्रभावकारी रुपमा गर्न नसकेको उहाले बताउनुभयो । उहाले यसअघि मुक्त भएका हरुवाचरुवा, कमैया, कमलरी, हलियाहरुको समस्या समाधान गर्नका लागि ५ सदस्यीय अध्ययन समेत बनाएको जानकारी दिनुभयो । वर्तमान सरकारले गठन गरेको आयोगले कार्तिक २२ गते पूर्णता पाएको थियो । कार्यक्रममा आयोगका अध्यक्ष निरौलाले भूमिसम्बन्धी यसअघि गठन भएका आयोग भन्दा राष्ट्रिय भूमि आयोगले जनताका समस्या समाधानका लागि छिटो काम सुरु गरेको बताउनुभयो । उहाले आयोगलाई राजनीतिक हस्तक्षेप भन्दा टाढा राखिने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...