HomeFeatureअहिलेका राजनीतिक दलहरुबाट देशले निकास नपाउने: मोहन वैद्य

अहिलेका राजनीतिक दलहरुबाट देशले निकास नपाउने: मोहन वैद्य

काठमाडौं, 11 जनवरी 2022

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ’किरण’ले अहिलेका राजनीतिक दलहरुबाट देशले निकास नपाउने बताउनुभएको छ। क्रान्तिकारी पत्रकार महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले बिभिन्न दलको महाधिवेशन हेर्दा विचार शुन्य देखिएको भन्दै राजनीतिक दलहरुबाट देशले निकास नपाउने बताउनुभएको हो । उहाले जनवादी राज्यसत्ता स्थापना नभएसम्म जनताको समस्या समाधान नहुने तर्क गर्नुभयो । वैद्यले अहिले क्रान्तिकारी भन्नेहरुको अवस्था पनि कमजोर भएको भन्दै नयाँ राज्यसत्ताका लागि नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादमा जाने र क्रान्तिकारीलाई गोलबन्ध गर्दै रणनीति भएको जानकारी दिनुभयो । त्यस्तै उहाले पार्टी एकता र ध्रुविकरणका लागि लामो समयदेखि पूर्व माओवादीसंग प्रयास भइरहेको भए पनि सिंगो पार्टीबीच पार्टी एकता सम्भव नदेखिएको स्पष्ट पार्नुभयो ।  उहाले एमसीसी खारेज हुनुपर्ने भन्दै त्यसका लागि एमसीसी बिरोधी शक्तिसँग मिलेर अगाडि बढ्ने धारणा राख्नुभयो । वैद्यले मुलुकमा संघीयता आएपनि जनताका समस्या उस्तै रहेको जिकिर गर्नुभयो । गणतन्त्र हुँदै जनवादी गणतन्त्रमा जाने बाटोमा आफुहरु रहेको उहाको भनाई छ । वैद्यले मुलुकमा संघीयता आएपनि जनताका समस्या उस्तै रहेको जिकिर गर्नुभयो । गणतन्त्र हुँदै जनवादी गणतन्त्रमा जाने बाटोमा आफुहरु रहेको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...